वर्षाले रोकियो खेल, भारत जिततर्फ अग्रसर

विश्वकप क्रिकेटमा हालसम्म पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन। विश्वकपमा दुई टिम सातौँ पटक प्रतिस्पर्धा गर्दैछन् र कहानी फेरी दोहोरिने अवस्थामा पुगेको छ।

ओल्ड ट्रयाफर्ड म्यानचेस्टर मैदानमा भारतले दिएको ३३७ रनको लक्ष्य पछ्याउने क्रममा खेल वर्षाले अबरुद्ध हुँदा पाकिस्तान ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रनको अवस्थामा रहेको छ।

यही अवस्थामा यदी खेल रोकिए भारतीय टिम डीएल मेथडको आधारमा ८६ रनको अन्तरले विजयी हुनेछ। डीएल पार स्कोर ३५ ओभरमा २५२ रहेको छ।

लक्ष्य पछ्याउने क्रममा ओपनर इमाम उल हक ७ रन बनाएर आउट भए। भुवनेश्वर कुमार बलिंग गर्दै गर्दा घाइते भएपछि उनको स्थानमा ओभर पुरा गर्न आएका शंकरले विश्वकप क्रिकेटमा आफ्नो पहिलो बलमै इमाम उल हकको विकेट लिएका थिए।

दोश्रो विकेटको लागि फखर जमान र बाबर आजमले १०४ रनको साझेदारी गरे।

२४ औं ओभरमा आजमलाई कुलदिप यादबले बोल्ड गर्दै भारतलाई खेलमा फर्काए। आजमले ४८ रन बनाउन ५७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

आजमको विकेटपछि पाकिस्तानले विकेट पतन सुरु भयो। कुलदिपले २६ औं ओभरमा जमानलाई पनि क्याच आउट गराए। उनले ६२ रन ( ७५ बलमा ७ चौका र १ छक्का ) बनाए। मोहम्मद हफिज ९, शोएब मलिक ० तथा सरफराज एहमद १२ रन बनाएर आउट भए।

वर्षाले खेल रोकिंदा पाकिस्तान ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रनको स्थितिमा रहेको छ। स्कोरकार्ड 

भारतको लागि बलिंगमा विजय शंकर ( ५.२-०-२२-२ ) , हार्दिक पान्ड्या ( ७-०-४०-२ ) र कुलदिप यादब ( ९-१-३२-२ ) ले २/२ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको थियो।

भारतको लागि रोहित शर्माले सर्वाधिक १४० रन बनाएका थिए। उनले ११३ बलमा १४ चौका र ३ छक्का प्रहार गरे। कप्तान बिराट कोहलीले ७७ ( ६५ बलमा ७ चौका ) , लोकेश राहुलले ५७ ( ७८ बलमा ३ चौका र २ छक्का ) , हार्दिक पान्ड्याले २६ ( १९ बलमा २ चौका र १ छक्का ) बनाए।

रोहित र राहुलले पहिलो विकेटको लागि १३६ रन तथा रोहित र कोहलीले दोश्रो विकेटको लागि ९८ रनको साझेदारी गरेका थिए।

पाकिस्तानको लागि बलिंगमा मोहम्मद आमिरले ३ विकेट ( १०-१-४७-३ ) तथा हसन अलि ( ९-०-८४-१ ) र वहाव रीयाज ( १०-०-७१-१ ) १/१ विकेट लिएका छन्। इमाद वासिम, शदाब खान, शोयब मलिक र मोहम्मद हफिज विकेटविहिन रहे।

प्रतियोगितामा भारतले पहिलो खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले तथा दोश्रो खेलमा अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो। न्युजिल्याण्डसंगको तेश्रो खेल वर्षाले नतिजाविहिन रहेको थियो। पाकिस्तानले भने पहिलो खेलमा वेस्ट इन्डिजसंग ७ विकेटको हार बेहोरेको थियो। यस्तै दोश्रो खेलमा इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको थियो भने तेश्रो खेल नतिजाविहिन रहंदा चौथो खेलमा अस्ट्रेलियासंग ४१ रनले पराजित भएको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]