प्रम कप महिला टि-२० : एकतर्फी खेलमा सुदुरपश्चिम र प्रदेश-२ को जित

प्रधानमन्त्री कप टि-२० महिला राष्ट्रिय प्रतियोगिता कन्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन सम्पन्न २ खेलमा प्रदेश-२ र सुदुर पश्चिम प्रदेशले जित हाँसिल गरेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई सुदुरपश्चिम प्रदेशले ९ विकेटको ठुलो अन्तरले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै गण्डकीले ५८ रनमा सबै विकेट गुमाएपछि मात्र १ विकेट गुमाएर ७ ओभरमा पुरा गर्यो।

सुदुरपश्चिमको जितमा  प्लेयर अफ द म्याच चुनिएकि कविता कुँवरले २ विकेट ( ४-२-६-२ ) लिनुको साथै ब्याटिंगमा २१ रन ( २१ बलमा ४ चौका ) समेत बनाईन्। स्कोरकार्ड 

Kabita Kunwar ( File Photo )

आजै सम्पन्न दोश्रो खेलमा प्रदेश-२ ले कर्णाली प्रदेशलाई ९ विकेटलेनै पराजित गर्यो। पहिले ब्याटिंग गरेको कर्णालीले १९.२ ओभरमा ५८ रन मात्र बनाएपछि ५९ रनको लक्ष्य ६.१ ओभरमा पुरा गर्यो।

प्रदेश-२ को जितमा प्लेयर अफ द म्याच चुनिएकि शान्ति चौधरीले ३ विकेट ( ३.२-२-१-३ ) लिनुको साथै १८ रन समेत बनाईन्। स्कोरकार्ड 

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बिहिबार पनि २ खेल खेलिनेछन्। पहिलो खेलमा एपीएफ र सुदुरपश्चिम प्रदेश तथा दोश्रो खेलमा कर्णाली प्रदेश र प्रदेश-३ ले प्रतिस्पर्धा गर्नेछन्।

असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र १ विभागीय गरि कुल ८ टोलिको सहभागिता रहेको छ। ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ।

समुह ‘ए’ मा विभागीय टिम शशस्त्र प्रहरी बल ( एपीएफ ) , सुदूरपश्चिम प्रदेश, प्रदेश-५ र गण्डकी प्रदेश रहेका छन्। समुह ‘बि’ मा प्रदेश-१ , प्रदेश-२ , प्रदेश-३ र कर्णाली प्रदेश रहेका छन्।

समुह चरणमा सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेलेपछि समुहको उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिता जित्ने टिमले ५ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले ३० हजार तथा उत्कृस्ट बलर र ब्याट्सउमनले १५/१५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलमा उत्कृस्ट खेलाडीले २ हजार ५ सय पाउनेछ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने प्रतियोगितालाई महाकाली स्पोर्ट्स सोसाईटीले व्यवस्थापन गरिरहेको छ।

( फोटो – लोकेश जोशी )





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]