विशाल सुश्लिंग चम्किदा डाक्नेश्वरीको जित, डिफेन्डिंग च्याम्पियन वारियर्सको तेश्रो हार

२०७६ असार ६, शुक्रबार १३:०८

मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत तेश्रो खेलमा पराजित हुँदै डिफेन्डिंग च्याम्पियन बजाज खडक वारियर्सको फाइनल पुग्ने सम्भावना सकिएको छ।

लिग चरणमा ४ खेल खेल्दा उसले ३ खेलमा हार बेहोर्यो भने १ खेल नतिजाविहिन रह्यो। डाक्नेश्वरी ड्रागनले ३ खेलमा २ जित र १ हार बेहोर्दै ४ अंक बटुलेको छ र फाइनल पुग्ने सम्भावना मजबुत बनाएको छ। अंकतालिका 

सप्तरी राजविराज स्थिति पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बजाज खडक वारियर्सले दिएको १२३ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले मात्र ५ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीका ओपनर बिशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ५२ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान प्रेम तामांगले अविजित २१ तथा राहुल मण्डल र अभिनाश कर्णले १२/१२ रन बनाए।

वारियर्सका बलर संसाद शेख, नन्दन झा, मनिष मण्डल र अमित दासले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ८ विकेट गुमाएर १२२ रनको योगफल तयार गरको थियो।

Rajesh Pulami

कप्तान राजेश पुलामीले वारियर्सको लागि सर्वाधिक ७४ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलामीले उक्त रन बनाउन ४५ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए। १०.२ ओभरमा ५२/५ को अवस्थाबात पुलामीले संसाद शेखसंग छैठौं विकेटको लागि ४८ रनको साझेदारी गरेका थिए। संसादले ९ रन बनाए।

डाक्नेश्वरी ड्रागनको लागि राहुल मण्डल र रोबिन सिंहले समान २/२ विकेट लिए। यस्तै चित्र बहादुर बिस्ट, बिशाल सुश्लिंग र प्रेम तामांगले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिशाल सुश्लिंग चुनिए। स्कोरकार्ड 

Bishal Sushling

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy