प्रम कप महिला : रुबिनाको अल-राउण्ड प्रदर्शनमा प्रदेश-१ विजयी, प्रदेश-५ को पनि सहज जित

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा कंचनपुरको महेन्द्रनगरमा जारि प्रधानमन्त्री कप महिला टि-२० प्रतियोगिता अन्तर्गत तेश्रो दिन शुक्रबार सम्पन्न २ वटा खेलमा प्रदेश नम्बर-५ र प्रदेश-१ ले जित हाँसिल गरेका छन्।  कभर्ड हल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा प्रदेश-५ ले गण्डकी प्रदेशलाई ८ विकेटले तथा दोश्रो खेलमा प्रदेश-१ ले प्रदेश-२ लाई ८ विकेटलेनै पराजित गर्यो।

पहिलो खेल : प्रदेश-५ को सहज जितमा कृतिका उत्कृस्ट 

प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा टस जितेर पहिले ब्याटिंग गर्दै गण्डकी प्रदेशले दिएको ७९ रनको लक्ष्य प्रदेश-५ ले १२.२ ओभरमा मात्र २ विकेट गुमाएर भेट्यो।

प्रदेश-५ को जितमा बलिंग तर्फ कृतिका मरासिनीले सर्वाधिक ३ विकेट लिईन्। प्लेयर अफ द म्याच चुनिएकी उनले ४ ओभरमा १८ रन मात्र खर्चिन्। यस्तै नेरी थापाले अत्यन्त किफायती बलिंग गर्दै १ विकेट लिने क्रममा ४ ओभरमा ३ मेडन ओभर गर्दै १ रन मात्र खर्चिन्। यस्तै ब्याटिंगमा पनि नेरीले अविजित २८ रन बनाईन् भने गीता गोसाईले २० तथा सरस्वति घर्ति मगरले १० रन बनाईन्। स्कोरकार्ड 

दोश्रो खेल : रुबिनाको अल-राउण्ड प्रदर्शनमा प्रदेश-१ को जित 

दिनको दोश्रो खेलमा प्रदेश-२ ले पहिले ब्याटिंग गर्दै दिएको ७२ रनको लक्ष्य प्रदेश-१ ले १४.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

Rubina Chhetry

प्रदेश-१ लाई जिताउन टिम कप्तान तथा राष्ट्रिय टिमको समेत कप्तान रहेकी रुबिना छेत्रीले ४ विकेट ( ४-०-१६-४ ) लिनुको साथै अविजित २६ रन समेत बनाइन्। स्कोरकार्ड  अंकतालिका

प्रतियोगिता अन्तर्गत शनिवार २ खेल हुँदैछन्।  पहिलो खेलमा प्रदेश-१ र कर्णाली प्रदेश तथा दोश्रो खेलमा प्रदेश-३ र प्रदेश-२ प्रतिस्पर्धा गर्नेछन्।

असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र १ विभागीय गरि कुल ८ टोलिको सहभागिता रहेको छ। ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा विभागीय टिम शशस्त्र प्रहरी बल ( एपीएफ ) , सुदूरपश्चिम प्रदेश, प्रदेश-५ र गण्डकी प्रदेश रहेका छन्। समुह ‘बि’ मा प्रदेश-१ , प्रदेश-२ , प्रदेश-३ र कर्णाली प्रदेश रहेका छन्।

समुह चरणमा सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेलेपछि समुहको उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिता जित्ने टिमले ५ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले ३० हजार तथा उत्कृस्ट बलर र ब्याट्सउमनले १५/१५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलमा उत्कृस्ट खेलाडीले २ हजार ५ सय पाउनेछ। प्रतियोगितालाई महाकाली स्पोर्ट्स सोसाईटीले व्यवस्थापन गरिरहेको छ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]