सिताले अल-राउण्ड प्रदर्शन गर्दा एपीएफलाई प्रधानमन्त्री कप टि-२० को उपाधि

शशस्त्र प्रहरी बल ( एपीएफ ) प्रधानमन्त्री कप महिला टि-२० प्रतियोगिताको विजेता बनेको छ। एपीएफले फाइनलमा सुदुर पश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको उपाधि सहित एपीएफले ५ लाख रुपैयाँ तथा उपविजेता सुदुरपश्चिम प्रदेशले ३ लाख हात पार्यो।

कंचनपुरको महेन्द्रनगर स्थित कभर्ड हल मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको सुदुरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ७१ रनको योगफल तयार गरेको थियो। ७२ रनको लक्ष्य एपीएफले १५ ओभरमा ४ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा एपीएफको लागि इन्दु बर्माले अविजित २२ रन बनाए जुन क्रममा १८ बलमा ४ चौका हात पारे। सित राना मगरले १८ तथा ज्योति पाण्डेले १७ रन बनाए।

ज्योति र सिताले पहिलो विकेटको लागि ४३ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। ज्योति र सिता दशौँ ओभरमा आउट हुँदा एपीएफले सरीता मगर ( २ रन ) तथा ममता चौधरी ( ३ रन ) लाई लगातार गुमाएको थियो।

इन्दु बर्माले अविजित इनिंग खेल्दै टिमलाई जितसम्म पुर्याए। सोनु खड्काले अविजित ३ रन बनाइन्।

सुदुरपश्चिमको बलिंगमा जानकी भट्टले २ विकेट ( ४-०-१७-२ ) हात पारिन्।

Sita Rana Magar

यस अघि सुदुरपश्चिमलाई ७१ रनमा सिमित गर्न एपीएफ बलर करुना भण्डारी ( ३-०-९-३ ) र सिता राना मगर ( २-०-५-३ ) ले ३/३ विकेट तथा सोनु खड्का ( ३-१-१०-१ ) र रेखा रावल ( ३-०-५-१ ) ले १/१ विकेट हात पारे।

सुदुरपश्चिमको लागि रुबी पोदरले सर्वाधिक २४ तथा कविता कुँवरले २२ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। रुबी र कविताले चौथो विकेटको लागि ४४ रनको साझेदारी गरे पनि त्यस अघि र पछि कसैले राम्रो साझेदारी गर्न सकेनन्।

खेलको प्लेयर अफ द म्याच सिता राना मगर चुनिइन्। स्कोरकार्ड हेर्नुस 

यस अघि पहिलोसेमीफाइनल वर्षाले रद्द हुँदा सुदुरपश्चिम समुह चरणको प्रदर्शनको आधारमा फाइनल प्रवेश गरेको थियो। यस्तै एपीएफले भने प्रदेश-१ लाई दोश्रो सेमीफाइनलमा ५ रनले ( डीएल ) पराजित गरेको थियो।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]