रोहित र राहुलले शतक बनाउदा श्रीलंका सहजै पराजित

विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ७ विकेटले सहजै पराजित गरेको छ।

जितसंगै भारत १५ अंकको साथ विश्वकप अंकतालिकाको पहिलो स्थानमा उक्लेको छ। भारतले ९ खेल खेल्दा ७ वटा जित, एउटा हार र एउटा खेल नतिजाविहिन रह्यो। श्रीलंकाले भने ९ खेलमा ३ जित सहित ८ अंक बटुल्दै अंकतलिकाको छैठौं स्थानमा रहँदै विश्वकपको अन्त्य गरेको छ।

जारि दोश्रो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रीकाले प्रतिस्पर्धा गरिरहेका छन्। यदी दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई पराजित गरेको खण्डमा भारतले सेमीफाइनलमा अंकतालिकाको चौथो स्थानमा रहेको टिम न्युजिल्याण्डको सामना गर्नेछ। यदी अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई पराजित गरे सेमीफाइनलमा भारतले इंग्ल्याण्डको सामना गर्नेछ।

हेडिंगलेमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाएर २६४ रन बनाएको थियो। २६५ रनको लक्ष्य भारतले मात्र ३ विकेट गुमाएर ४३.३ ओभरमा पुरा गर्यो।

रोहित र राहुलको शतक 

भारतलाई सहज जित दिलाउन ओपनर रोहित शर्मा र केएल राहुलले शतकीय इनिंग खेले। दुवैले पहिलो विकेटको लागि १८९ रनको विशाल साझेदारी समेत गरे।

रोहितले प्रतियोगिताको पाँचौ शतक बनाउने क्रममा १०३ रन बनाए जुन क्रममा ९४ बलमा १४ चौका र २ छक्का प्रहार गरे। राहुलले विश्वकपमा पहिलो शतक बनाउदा ११८ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १११ रन बनाए।

बिराट कोहलीले अविजित ३४ रन बनाए। अन्तिम विश्वकप खेल खेलेका श्रीलंकन बलर लासिथ मलिंगा ( १०-१-८२-१ ) , कसुन रजिथा ( ८-०-४७-१ ) र इसुरु उडाना ( ९.३-०-५०-१ ) ले १/१ विकेट लिए।

म्याथुजको शतक, बुम्राहको उत्कृस्ट बलिंग  

टस जितेर पहिले ब्याटिंग गरेको श्रीलंकाको लागि एन्जेले म्यथुजले सर्वाधिक ११३ रन बनाएका थिए। लाहिरु थिरमानेले ५३ रन बनाए।

एक समय ५५/४ मा रहेको श्रीलंकाको इनिंगलाई म्याथुज र थिरमानेले पाँचौ विकेटको लागि १२४ रनको साझेदारी गर्दै अघि बढाएका थिए।

भारतको लागि जस्प्रित बुम्राहले उत्कृस्ट बलिंग गर्दै ३ विकेट ( १०-२-३७-३ ) लिए। भुवनेश्वर कुमार, हार्दिक पान्ड्या, रभिन्द्र जडेजा र कुलदिप यादबले १/१ विकेट लिए।

प्रतियोगितामा श्रीलंकाले अफगानिस्तान, इंग्ल्याण्ड र वेस्टइन्डिजलाई पराजित गर्यो भने भारत, अस्ट्रेलिया र न्युजिल्याण्डसंग पराजित हुन पुग्यो। बंगलादेश र पाकिस्तान बीचको खेल भने वर्षाले अबरुद्ध भएको थियो।

भारतले लिग चरणमा इंग्ल्याण्डसंग पराजय बेहोर्दा वेस्टइन्डिज, अफगानिस्तान, दक्षिण अफ्रीका, पाकिस्तान, श्रीलंका, बंगलादेश र अस्ट्रेलियालाई पराजित गर्यो। न्युजिल्याण्डसंगको खेल वर्षाले अबरुद्ध भएको थियो।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]