पवन सर्राफले आक्रामक ब्याटिंग गर्दा नेपाल सहजै उपाधितर्फ अग्रसर

२०७६ असार २४, मंगलवार ११:३२

पवन सर्राफले विस्फोटक ब्याटिंग गर्दा नेपाल एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

मलेसियाको किनरारा ओभल मैदानमा जारि खेलमा टस हारेर नेपालले बलिंग रोजेपछि पहिले ब्याटिंग गरेको हंगकंगले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा लन्च ब्रेक हुँदासम्म नेपालले विना कुनै विकेट ५ ओभरमा ४४ रन बनाईसकेको छ। जितको लागि अब नेपाललाई ४५ ओभरमा ५२ रन आवस्यक रहेको छ।

सहज जिततर्फ नेपाललाई डोर्याउन नेपालका ओपनर पवन सर्राफ र रित गौतमले आक्रामक सुरुवात दिलाएका हुन्। पवन सर्राफले मात्र १९ बलमा ५ चौका र १ छक्का मदतले ३२ रन बनाईसकेका छन् भने रितले ११ बलमा २ चौका मदतले ११ रन बनाएका छन्।

प्रतियोगिताको विजेता टिम अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने अन्डर -१९ एसिया कप खेल्न छनौट हुनेछ। २८ अगस्ट देखि ८ सेप्टेम्बरसम्म आयोजना हुने प्रतियोगितामा कुल ८ राष्ट्र सहभागी हुने छन्। एसियाली टेस्ट राष्ट्र श्रीलंका, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान सहित युएई, कुवेत प्रतियोगितामा सहभागी हुनेछन्।

सागरको उत्कृस्ट बलिंग 

किनरारा ओभल मैदानमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको हंगकंगले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सकेको थियो।

हंगकंगको लागि कप्तान अदित गोरावराले सर्वाधिक २४, कल्हन चल्लुले १९ तथा रौन कपुरले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिंगमा सागर ढकाल एक्लैले ५ विकेट लिन १० ओभरमा ५ मेडन ओभर गर्दै मात्र १८ रन खर्चिए। पेस बलर कमल सिंह ऐरीले ३ व्केट ( ८-२-२३-३ ) लय भने कुशल मल्ल ( ८.१-५-४-१ ) र टिकल राज भण्डारीले ( ४-१-१२-१ ) १/१ विकेट लिए।

Kamal Airee

प्रतियोगितामा यस अघि सागरले चिनसंग ६ विकेट, सिंगापुरसंग १ विकेट तथा मलेसियासंग ३ विकेट लिएका थिए। आज लिएको ५ विकेट सहित कुल १५ विकेट लिंदै सागर प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy