भारत-न्युजिल्याण्ड : वर्षाले रोकिएको खेल आज फेरी सुचारु हुने, फेरी खेल रोकिए के हुन्छ ?

ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टरमा मंगलबार भएको भारत र न्युजिल्याण्ड बीचको विश्वकप सेमीफाइनल खेल वर्षाले अबरुद्ध हुन पुग्दा पुरै खेल सम्भव हुन सकेन।

खेलमा टस जितेर ब्याटिंग गर्दै न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाउदा पानि परेको थियो। पानि रोकिंदै पर्दै गर्दा खेल पुनः सुचारु हुन सकेन। कम्तिमा २० ओभरको भए पनि खेल खेलाउन ५ घण्टा प्रतीक्षा गरिएपछि पनि वर्षा नथामिएपछि अम्पायरले खेललाई बुधबार रिजर्भ डेमा खेलाउने निर्णय गरेका हुन्।

अब बुधबार पुनः न्युजिल्याण्ड खेल रोकिएकै अवस्थाबाट ब्याटिंग गर्न उत्रनेछ। खेल रोकिंदा रोस टेलर ६७ तथा टम लाथम ३ रन बनाएर अविजित रहेका थिए। यस अघि कप्तान केन विलियमसनले ६७ रन बनाएका थिए।

विश्वकप सेमीफाइनल र फाइनल खेलको लागि यस्तै अवस्थालाई ध्यानमा राखेर रिजर्भ डे राखिएको हो। तर खेल पुनः सुरुबाट भने खेलिनेछैन। खेल स्थानीय समय १०:३० बजे बिहान ( ३:१५ बजे नेपाल , दिउसो ) सुरु हुनेछ।

फेरी वर्षाले खेल रोकिए के हुन्छ ? 

फेरी पानि पर्यो र न्युजिल्याण्डले इनिंग अगाडी बढाउन पाएन भने डीएल मेथडको आधारमा भारतले ४६ ओभरमा २३७ रनको लक्ष्य पाउनेछ। यदी मात्र २० ओभरको खेल सम्भव भए भारतले १४८ रनको लक्ष्य पाउनेछ। न्युजिल्याण्डको इनिंग पछि भारतले कम्तिमा २० ओभर खेल्न पाए खेलको नतिजा आउनेछ।

बुधबार पनि पुरै खेल हुन सकेन भने भारत फाइनल पुग्नेछ। लिग चरणमा अंक तालिकामा भारत अघि भएका कारण भारत अगाडी बढ्नेछ। भारत लिग चरणको अंक तालिकामा १५ अंक सहित शिर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको थियो भने न्युजिल्यान्ड ११ अंक सहित चौथो स्थानमा रहेको थियो।

खेल हेर्न पुग्ने दर्शकहरुले पनि मंगलबारकै टिकटले बुधबार खेल हेर्न पाउनेछन्।

सेमीफाइनल खेल बराबरी भए के हुन्छ ? सेमीफाइनल खेल बराबरी भए सुपर ओभर गर्दै विजेता तय गरिनेछ।

फाइनल खेल वर्षाले सम्भव नभए के हुन्छ ? फाइनलमा पनि भारत-न्युजिल्याण्डकै अवस्था आए रिजर्भ डेको व्यवस्था छ। रिजर्भ डे मा पनि खेल सम्भव नभए दुवै टिमलाई विजेता घोषणा गर्दै ट्रफी दुवैको हुनेछ।

न्युजिल्याण्ड-भारत हालसम्मको खेल 

अत्यन्त सुस्त सुरुवात गरेको न्युजिल्याण्डका ओपनर मार्टिन गुप्टिललाई १ रन मात्र बनाउदा जस्प्रित बुम्राहले चौथो ओभरमा क्याच आउट गराएका थिए।

दोश्रो विकेटको लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले ६८ रन रनको साझेदारी गरे। १९ औं ओभरमा निकोलसलाई रभिन्द्र जडेजाले बोल्ड गर्दै भारतलाई खेलमा फर्काए। ५१ बलमा निकोलसले २ चौका मदतले २८ रन बनाए।

विलियमसन र रोस टेलरले तेश्रो विकेटको लागि ६५ रन बनाए। ३६ औं ओभरमा युझभेन्द्र चाहलले विलियमसनलाई क्याच आउट गराए। ९५ बलमा उनले ६ चौका प्रहार गरे। त्यसपछि रोस टेलरले एक किनार सम्हालीरहे।

१२ रन बनाएर जेम्स निशम ४१ औं ओभरमा पान्ड्याको शिकार बने। यस्तै कोलिन डी ग्रयाण्डहोम १६ रन बनाएर आउट भए जसलाई भुवनेश्वर कुमारले धोनीबाट क्याच आउट गरे।

४६.१ ओभरमा खेल वर्षाले रोकिंदा रोस टेलर ६७ र बनाएर ब्याटिंग गरिरहेका छन्। ८५ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरेका छन्। टम लाथम ३ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

भारतको बलिंगमा भुवनेश्वर कुमार ( ८.१-१-३०-१ ) , जस्प्रित बुम्राह ( ८-१-२५-१ ) , हार्दिक पान्ड्या ( १०-०-५५-१ ) , रभिन्द्र जडेजा ( १०-०-३४-१ ) र युझभेन्द्र चाहल ( १०-०-६३-१ ) ले १/१ विकेट लिए।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]