केन विलियमसन प्रतियोगिताकै उत्कृस्ट खेलाडी

२०१९ विश्वकप उप-विजेता टिम न्युजिल्याण्डका कप्तान केन विलियमसन २०१९ विश्वकप प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका छन्।

न्युजिल्याण्डलाई फाइनल पुर्याउन उत्कृस्ट भूमिका निभाएका मिलियमसनले प्रतियोगितामा उत्कृस्ट ब्याटिंग समेत गरेका थिए। प्रतियोगिताको कुल १० खेलमा विलियमसनले कुल ५७८ रन बनाउने क्रममा ८२.५७ को औशतले रन बनाउदै २ शतक र २ अर्धशतक प्रहार गरे।

यस क्रममा उनले वेस्ट इन्डिजसंग १४८ र दक्षिण अफ्रीकासंग १०६ रन बनाएका थिए। यस्तै अफगानिस्तानसंग अविजित ७९, भारतसंग सेमीफाइनलमा ६७ , पाकिस्तानसंग ४१ तथा बंगलादेशसंग ४० रन बनाएका थिए। फाइनलमा भने उनले ३० रन बनाए। सचिन तेन्दुलकरले विलियमसनलाई उत्कृस्ट खेलाडीको अवार्ड प्रदान गरे।

रोमान्चक रहेको फाइनल खेलको सुपर ओभरमा दुवै टिमले १५/१५ रन बनाए पछि खेलमा चौका/छक्का बाट धेरै रन बटुल्ने टिम विजेता घोषित भएको थियो। फाइनल खेलको प्लेयर अफ द म्याच इंग्ल्याण्डका बेन स्टोक्स घोषित भए जसले अविजित ८४ रन बनाएका थिए।

खेलमा पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले ८ विकेट गुमाएर २४१ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा सबै विकेट गुमाएर २४१ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो। इंग्ल्याण्डले इतिहासमै पहिलो पटक एकदिवसीय विश्वकप उपाधि जितेको हो।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]