बेन स्टोक्सद्वारा ‘न्युजिल्याण्डर अफ द एअर’ को नोमिनेसन अस्विकार

२०१९ विश्वकप फाइनलमा प्लेयर अफ द म्याच चुनिएका इंग्ल्याण्ड अल-राउण्डर बेन स्टोक्सले ‘न्युजिल्याण्डर अफ द एयर’ सम्मान लागि आफ्नो चयनलाई अस्विकार गरेका छन्। २८ वर्षीय स्टोक्सले फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्ने क्रममा अविजित ८४ रन बनाएका थिए।

स्टोक्सले अवार्डको हकदार न्युजिल्याण्ड कप्तान केन विलियमसन रहेको र उनि युवाहरुको लागि प्रेरणाको श्रोत भएको बताएका छन्।

“न्युजिल्याण्डर अफ द एयरको लागि चयन हुँदा निकै खुसि लागेको छ। म मेरो न्युजिल्याण्ड प्रति गर्व गर्छु तर पनि म यस्तो गरिमामय अवार्डको लागि चयन हुनु सहि हैन। अरु धेरै व्यक्तिहरु छन् जसले न्युजिल्याण्डको लागि धेरै गरेका छन् र यो अवार्डको हकदार छन्”


म महसुस गर्छु कि पुरा न्युजिल्याण्डले केन विलियमसनलाई साथ दिनु पर्छ। उनलाई किवी लेजेण्डको रुपमा लिनु पर्छ। उनि प्रतियोगिताकै उत्कृस्ट खेलाडी भएका थिए र युवाहरुको लागि प्रेरणादायी छन्। हरेक परिस्थितिमा उनले विनम्रता देखाएका छन्। उन्मा पक्का न्युजिल्याण्डर हुने व्यक्तिगत रहेको छ। उनि यो अवार्डको हकदार छन् र मेरो भोट पाउनेछन्”

न्युजिल्याण्डको जनताले देशको लागि उत्कृस्ट योगदान दिने व्यक्तिगतलाई प्रत्येक वर्ष यो अवार्डको लागि चुन्दै आएका छन्। यस अघि न्युजिल्याण्ड रब्गी युनीएनका कप्तान रिची म्याकाउ, फिल्मनिर्माता टेक वाईतिती र मानसिक स्वास्थ अभिएन्ता माइक किंगले यो अवार्ड पाएका थिए।

इंग्ल्याण्ड राष्ट्रिय टिमको लागि खेले पनि स्टोक्सको जन्म न्युजिल्याण्डमा भएको थियो। १२ वर्षको उमेर देखि उनि इंग्ल्याण्डमा बस्न थालेका थिए। उनका पिता गेरार्ड स्टोक्स रग्बी लिग खेलाडी र प्रशिक्षक थिए। इंग्ल्याण्डको रग्बी लिगमा स्टोक्सका पितालाई प्रशिक्षक चयन गरे पनि स्टोक्स पितासंगै इंग्ल्याण्ड पुगेका थिए। २०१३ मा स्टोक्सको परिवार इंग्ल्याण्ड छोडेर न्युजिल्याण्ड गएका थिए। सन् २०११ मा स्टोक्सले इंग्ल्याण्डको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा आयरल्याण्ड बिरुद्ध डेब्यु गरेका थिए।

विश्वकपमा इंग्ल्याण्ड पराजित भए पछि स्टोक्सका बुवा र आमाले एक अन्तर्वार्ताको क्रममा छोराको जितमा खुसि भएता पनि न्युजिल्याण्ड पराजित हुँदा भने दुख व्यक्त गरेका थिए।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]