नेपाल VS मलेसिया : वर्षाले टस हुन सकेन , पारस खेल्न नसक्ने

२०७६ श्रावण ८, बुधबार ०७:१४

Paras Khadka

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा नेपालले आज मलेसियासंग दोश्रो खेल खेल्दैछ।

नेपाली समय ७:१५ बजे बाट खेल सुरु हुनु पर्ने भएता पनि वर्षाका कारण खेल समयमा सुरु हुने सम्भावना रहेको छैन। मौसम वेबसाइटहरुका अनुसार आज बिहान देखि निरन्तर वर्षा हुने सम्भावना रहेको छ। यस कारण आज खेल नहुने सम्भावना उच्च रहेको छ।

खेल कम्तिमा ५ ओभरको लागि हुनको लागि सिंगापुर समय करिब १२ बजेसम्म ( नेपाली समय ९:४५ ) सुरु हुनुपर्ने बताईएको छ।

पारस नखेल्ने 

कतारसंग खेलको क्रममा ढाडको नसा च्यापिएका कारण खेल्न नसकेका कप्तान पारस खड्का दोश्रो खेलमा पनि नखेल्ने भएका छन्। कतारसंग ब्याटिंग गरे पनि फिल्डिंगको क्रममा पारस मैदान बाहिरनै बसेर खेल हेरेका थिए। पारस नखेल्दा आज ज्ञानेन्द्र मल्लले कप्तानी सम्हाल्नेछन्।

नेपालले आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटको हार बेहोरेको थियो। यो अवस्थामा नेपाल टि-२० विश्वकप छनौट ग्लोबल छनौट पुग्न नेपालले सबै ३ खेल जित्नु पर्ने थियो। आज वर्षाले खेल रोकिएर अंक बाड्नु परे नेपालको सम्भावना कमजोर बन्नेछ। आज नेपालको खेल रोकिए नेपालले अंकतालिकामा माथि रहेका अन्य टिमको खेलमा पनि वर्षाको कामना गर्नुपर्नेछ भने आफ्नो बाँकी खेल जित्नु पर्नेछ। आज खेल नभएर मलेसियाले बाँकी ३ मध्ये २ खेलमा मात्र पनि जित हात पारे मलेसिया विजेता हुनसक्छ।

प्रतियोगिता अन्तर्गत हिजो कुवेत र सिंगापुर बीचको खेल पनि वर्षाका कारण हुन नसक्दा दुवै टिमले १/१ अंक बाँडेका थिए।

अंकतालिका 

नेपालले आगामी खेल जुलाई २७ मा कुवेतसंग र जुलाई २८ मा सिंगापुरसंग खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy