मलेसियाद्वारा नेपाललाई ८४ रनको लक्ष्य

आईसीसी टि-२० विश्वकप एसिया छनौट फाइनल अन्तर्गत नेपाल र मलेसियाले आफ्नो दोश्रो खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।

वर्षाको कारण ढिला सुरु भएपछि ९ ओभरमा छोट्याएर खेलाईएको खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेको थियो। मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको योगफल तयार गर्दै नेपाललाई ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको लागि सयद अजिजले सर्वाधिक ३० रन बनाए जुन क्रममा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै भिरनदिप सिंहले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाए। अन्य मलेसिया ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Sompal Kami

नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिने जुन क्रममा २ ओभरमा २३ रन खर्चिए। यस्तै बसन्त रेग्मीले १ ओभर बलिंग गर्दै ९ रन खर्चेर २ विकेट लिए। सन्दिप लामिछाने ( २-०-१७-१ ) र करन केसी ( २-०-१२-१ ) ले १/१ विकेट लिए।

खेलमा पारस खड्का ढाडको नसा च्यापीएको कारण खेलेका छैनन्। ललित राजबंशीलाई पनि बाहिर राखिएको छ। प्रदिप ऐरी र रोहित पौडेल आज खेलीरहेका छन्।

पहिलो खेलमा नेपाल कतारसंग पराजित भएको हुँदा आजको खेलमा जित्दै २ अंक प्राप्त गर्नु नेपालको लागि टि-२० विश्वप ग्लोबल छनौट पुग्न महत्वपूर्ण रहेको छ। मलेसियाले यस अघि आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]