कुवेतसंग नेपाललाई जित्नु मात्र बिकल्प, पछिल्लो ३ खेलमा यस्तो छ नतिजा

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा शनिवार कुवेतसंग खेल्दैछ। खेल नेपाली समय ७ :१५ बजे बिहान इन्डीएन एसोसीएसन मैदानमा सुरु हुनेछ।

नेपाललाई गर या मरको स्थिति  

प्रतियोगिताको पहिलो खेलमा कतारसंग पराजित भएको नेपालले दोश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेको थियो। अंकतालिकामा २ खेलमा १ जित र १ हार पछि २ अंक सहित नेपाल तेश्रो स्थानमा रहेको छ।

प्रतियोगितामा सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेली सकेपछि अंकतालिकामा उत्कृस्ट हुने १ टिम मात्र टि-२० विश्वकप अन्तिम छनौट खेल खेल्न पाउनेछ। टि-२० विश्वकप छनौट ११ अक्टोबर देखि नोभेम्बर ३ सम्म युएईमा खेलिनेछ।

एउटा टिम मात्रै छनौट हुने हुनाले अब नेपालले अंकतालिकामा उत्कृस्ट हुन २ खेल खेल्न बाँकी रहेको अवस्थामा दुवै खेल जित्नु पर्ने परिस्थिति भएको छ। मलेसिया, कतार र कुवेतको भने विजेता हुने सम्भावना समाप्त भइसकेको छ। नेपालले अब शनिबार कुवेतसंग र आइतबार सिंगापुरसंग खेल्ने तालिका रहेको छ।

सिंगापुरले १ खेल खेल्न बाँकी रहंदा ५ अंक रहेकोले अब नेपालले विजेता बन्न ६ अंक पुग्नु पर्नेछ या ५ अंकमै समाप्त गरि नेट रन रेटमा सिंगापुरलाई पछि पार्नुपर्नेछ जुन असम्भव जसो छ। नेपालको नेट रन रेट ०.१२३ रहेको छ भने सिंगापुरको निकै माथि २.३३५ रहेको छ।

यो अवस्थामा अब नेपाल विजेता बन्दै आगामी चरण पुग्न २ वटै खेल जित्नुको बिकल्प छैन। एउटा खेलमा हार बेहोर्ने हो या वर्षाले नतिजाविहिन भएर १ अंक मात्रै बाड्नु परे पनि नेपालको बाटो बन्द हुनेछ।


नेपालले पराजित गर्न सक्ला कुवेतलाई ?

टि-२० अन्तर्राष्ट्रिय वरियतामा २८ औं नम्बरमा रहेको छ। जारि प्रतियोगितामा ३ खेल खेल्ने क्रममा कुवेतलाई मलेसियाले ४२ रनले पराजित गरेको थियो भने सिंगापुरसंगको दोश्रो खेल वर्षाले हुन नपाउदा १/१ अंक बाँडेको थियो। तेश्रो खेलमा भने कमब्याक गर्ने क्रममा कुवेतले कतारलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको थियो।

त्यसैले कुवेतलाई जस्तो सुकै नतिजा ल्याउन सक्ने टोलि हो। नेपाललाई पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गरेको कतारलाई पराजित गर्ने क्रममा कुवेतले पहिले ब्याटिंग गर्दै प्रतियोगिताकै सर्वाधिक १९७ रनको विशाल योगफल तयार गरेको थियो।

अब विश्वकप छनौट हुने सम्भावना सकिएको अवस्थामा कुवेतलाई कुनै दबाब रहेको छैन भने नेपाल जित्ने पर्ने दबाबमा रहेको छ। यो परिस्थितिको फाइदा कुवेतले उठाउन सक्छ।

कुवेतसंग नेपालको रोचक इतिहास 

कुवेतसंग नेपालले इतिहासमा ३ वटा टि-२० खेलेको छ। ३ वटैमा नेपालले जित हाँसिल गरेको छ। एउटा खेल भने बराबरी हुँदा नेपालले बल आउटमा जितेको थियो।

एसीसी टि-२० २००९ , युएई : नेपाल बल आउटमा विजयी

प्रतियोगिताको समुह चरणमा नेपालले इतिहासमै पहिलो र एक मात्र पटक बल आउटमा जित हाँसिल गरेको थियो।

खेलमा टस जितेर ब्याटिंग गरेको कुवेतले १९.१ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा नेपालले पनि २० ओभरमा ७ विकेट गुमाएर १२३ रननै बनाउन पुग्यो। अन्तिम बलमा जितको लागि नेपाललाई छक्का आवस्यक रहेको बेला बिनोद भण्डारीले छक्का प्रहार गर्दै खेल बराबरी गराएका थिए। त्यसपछि खेलको निर्णय बल-आउटमा गरिएको थियो जसमा नेपाल ३-२ ले विजयी भएको थियो। त्यति बेला अहिले जस्तो सुपर ओभर नभएर दुवै टिमका ३/३ खेलाडीहरुले खाली स्टम्पमा हानेर बढी स्टम्प ढलाउनेलाई विजेता घोषणा गर्ने चलन थियो।

Binod Bhandari , Mahesh Chhetry

खेलमा नेपालको बलिंगमा दिपेन्द्र चौधरीले ४ विकेट, बसन्त रेग्मीले २ विकेट लिएका थिए भने ब्याटिंगमा महबुब आलमले सर्वाधिक ३२ रन तथा बिनोद भण्डारीले अविजित २५ रन बनाएका थिए। १०४ रनमा ७ विकेट गुमाएको अवस्थामा बिनोदले महेश क्षेत्रीसंग १९ रनको साझेदारी गरेका थिए।

एसीसी टि-२० २०११ , नेपाल : नेपाल १ रनले विजयी

नेपालमा सम्पन्न प्रतियोगिताको समुह चरणको खेलमा नेपालले १ रनको रोमान्चक जित दर्ता गरेको थियो। टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा कुवेतले १९.५ ओभरमा सबै विकेट गुमाएको थियो।

अन्तिम ओभरमा कुवेतलाई जितको लागि १८ रन आवस्यक रहेको थियो जुन बेला पृथु बास्कोटा बलिंग गर्न आएका थिए। बास्कोटाको पहिलो बलमा साउद छक्का हिर्काएका थिए। त्यसपछि को बल पृथुले वाइड फाले। लगातार दोश्रो बल वाइड गरे पनि ३९ रन बनाएका कमर स्टम्प आउट भए। पृथुले पुनः अर्को वाइड गरे। त्यसपछिको बलमा पृथुले अलि जाहिरलाई एलबिडब्लु आउट गरे।

Subash Khakurel , Prithu Baskota
Subash Khakurel , Prithu Baskota

जितको लागि अब ४ बलमा ९ रन आवस्यक रहेको थियो। त्यसपछिको बलमा पृथुले १ रन दिए भने चौथो बलमा अज्मतुल्लाह नजिरले छक्का हिर्काए। अब २ बलमा जित्न कुवेतलाई २ रन आवस्यक रह्यो। अन्तिम बलमा अज्मतुल्लाह स्टम्प आउट भए र नेपालले खेल १ रनले जित्यो।

पृथुले गरेको अन्तिम बल भने विवादास्पद रहेको थियो। पृथुले लेग स्टम्प बाहिर दिएको बलमा सुबास खकुरेलले स्टम्प आउट गरेका थिए। रिप्लेमा हेर्दा बल वाइड भएको जस्तो देखिएको थियो। कुवेत ब्याट्सम्यानले वाइडको माग गरे पनि अम्पायरले कुनै निर्णय दिएका थिएनन्।

खेलको भिडियो  

एसियन गेम्स पुरुष क्रिकेट २०१४ , कोरिया : नेपाल ९ विकेटले विजयी

पछिल्लो २ खेल निकै प्रतिस्पर्धात्मक भए पनि यो खेलमा नेपालले सहजै जितेको थियो। टस जितेर ब्याटिंग गरेको कुवेतले १३.२ ओभरमा २० रनमै सम्पूर्ण विकेट गुमाएको थियो। कुवेतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिंगमा बसन्त रेग्मी र सोमपाल कामिले ३/३ र सागर पुनले २ विकेट लिएका थिए। नेपालले २.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]