कुवेतसंग पारस खेल्ने सम्भावना कति

Paras Khadka

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत नेपालले आफ्नो तेश्रो तथा जितको लागि अत्यावश्यक खेलमा कुवेतसंग खेल्दैछ। खेल नेपाली समय विहान ७:१५ बजे सुरु हुनेछ।

नेपालले २ खेल खेल्न बाँकी रहेको अवस्थामा दुवै खेलमा जित हात पारे मात्र प्रतियोगिताको विजेता बन्ने समीकरण रहेको छ। मलेसिया, कतार र कुवेतको विजेता बन्ने सम्भावना सकीसकेको छ भने सिंगापुर विजेता बन्न नेपालले एउटा खेलमा हार बेहोर्नुपर्नेछ।

पारस खेल्ने सम्भावना बढी 

कतारसंग पहिलो खेलको क्रममा ढाडको नसा च्यापिएपछि घाइते भएका पारस दोश्रो खेलमा मलेसियासंग खेल्न सकेका थिएनन्। पहिलो खेलम कतारसंग दोश्रो इनिंगमा र मलेसियासंग ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेका थिए।

नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई बताए अनुसार पारस ९९ प्रतिशत फिट भैसकेका छन्। यही अवस्था रहे उनि भोलि खेल्ने सम्भावना पक्का छ। उनले टिमसंग शुक्रबार अभ्यास समेत गरेका छन्।

Paras Khadka

सन् २०१४ टि-२० विश्वकपमा हंगकंगसंग डेब्यु गरे पछि पारसले नेपालले खेलेको टि-२० अन्तर्राष्ट्रिय गुमाएका थिएनन्। मलेसियासंग खेल गुमाउन पुग्दा पारसले नेपालको लागि खेलेको टि-२० अन्तर्राष्ट्रिय खेल १८ रहेको छ। पारस भन्दा बढी टि-२० अ. खेल्ने नेपाली खेलाडी ज्ञानेन्द्र मल्ल र सोमपाल कामि हुन् जसले समान १९ खेल खेलेका छन्। दुवैले २०१४ टि-२० विश्वकपमा डेब्यु गरे पछि कुनै खेल पनि गुमाएका छैनन्।

टि-२० अन्तर्राष्ट्रिय वरियतामा पारस ब्याटिंगतर्फ ९३ औं स्थानमा रहेका छन् भने अल-राउण्डरतर्फ ३९ औं नम्बरमा रहेका छन्। सोमपाल कामि ४८ औं नम्बरमा मोइन अलि र नाथन कोल्टर नाइल संगै रहेका छन्। सोमपाल र बसन्त रेग्मी टि-२० अ. बलिंगतर्फ समान ६६ औं नम्बरमा रहेका छन्।

पारसलाई रेकर्ड बनाउने अवसर 

टि-२० अन्तर्राष्ट्रीय क्रिकेटमा ५०० रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बन्न पारस ७३ रन पर छन्। पारसले जारि प्रतियोगिताको पहिलो खेलमा कतारसंग २८ रन बनाएका थिए।

टि-२० अ. मा सर्वाधिक व्यक्तिगत रनको रेकर्ड पनि पारसकै नाममा रहेको छ। उनले जारि प्रतियोगिता अघि टि-२० सिरिजमा मलेसियासंग अविजित ८६ रन बनाएका थिए। टि-२० अ. मा २ वटा अर्धशतक बनाउने पारस एक्लो खेलाडी हुन्। उनले २०१५ मा नेदरल्याण्डसंग अर्धशतक बनाएका थिए।

१०० रन भन्दा बढी बनाउने नेपाली ब्याट्सम्यानहरुमा सर्वाधिक औशत र स्ट्राइक रेट पारसकै रहेको छ। उनले २८.४६ को औशत र ११९.६ को स्ट्राइक रेटले रन बनाएका छन्। त्यति मात्रै हैन टि-२० अ. मा सर्वाधिक चौका र छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि पारसनै हुन्। उनको नाममा ४१ चौका र १० छक्का रहेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]