अन्तिम वानडेमा मालिंगा उत्कृस्ट, फोटोहरुमा हेर्नुस मलिंगाको अन्तिम खेल र विदाई

२०७६ श्रावण ११, शनिबार ००:१९

श्रीलंकन बलर लासिथ मालिंगाले बंगलादेशसंग अन्तिम एकदिवसीय खेल्दै एकदिवसीय अन्तर्राष्ट्रीय क्रिकेटलाई अलविदा गरेका छन्।

प्रेमदासा स्टेडियम कोलोम्बोमा सम्पन्न खेलमा बंगलादेशसंग ३ एकदिवसीय सिरिजको पहिलो एक दिवसीयलाई मलिंगाले अन्तर्राष्ट्रिय करियरको अन्तिम एकदिवसीय बनाएका हुन्।

आफ्नो करियर जस्तै मलिंगाको अन्तिम खेल पनि रह्यो। खेलमा श्रीलंकाले ९१ रनको जित हाँसिल गर्यो भने मालिंगाले उत्कृस्ट बलिंग गर्दै ३ विकेट समेत लिए।

पहिले ब्याटिंग गर्दै श्रीलंकाले दिएको ३१५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २२३ रन मात्रै बनाउन सक्यो। जितमा ब्याटिंग तर्फ कुसल परेराले १११ रन बनाए जुन क्रममा ९९ बलमा १७ चौका र १ छक्का प्रहार गरे। बंगलादेश बलर शैफुल इस्लामले ३ विकेट लिए। बंगलादेशको लागि मुश्फिकुर रहिमले ६७ तथा सब्बिर रहमानले ६० रन बनाए। श्रीलंकाको बलिंगमा मलिंगा ( ९.४-२-३८-३ ) र नुवान प्रदिप ( ९-१-५१-३ ) ले ३/३ विकेट लिए।

मलिंगाले बंगलादेश ओपनर तथा कप्तान तामिम इकबाल र सौम्य सरकारलाई बोल्ड गर्दै पहिलो २ विकेट लिएका थिए भने अन्तिम विकेटको रुपमा मुस्तफिजुर रहमानलाई क्याच आउट गराए।

एकदिवसीय करियरमा मालिंगाले २२६ खेलमा ३३८ विकेट लिए। उनि यो फर्म्याटमा इतिहासकै धेरै विकेट लिने सुचीमा नवौं स्थानमा रहे। यस्तै श्रीलंकाको लागि भने एकदिवसीयमा तेश्रो धेरै विकेट लिने बलर बने। मुथैया मुरलीधरनले ५३४ र चामिन्दा भासले ४०० विकेट लिएका थिए।

फोटोहरुमा हेर्नुस मलिंगाको विदाई  

( फोटो – श्रीलंका क्रिकेट , क्रिकइन्फो )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy