डोपिंग टेस्टमा फेल भएपछि प्रिथ्भी शा निलम्बनमा

२०७६ श्रावण १४, मंगलवार २३:०५

भारतीय क्रिकेट टिमका युवा टेस्ट ओपनिंग ब्याट्सम्यान प्रिथ्भी शालाई प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा भारतीय क्रिकेट बोर्बिड बिसीसीआईले ८ महिनाको लागि निलम्बन गरेको छ।

बिसीसीआईले मंगलबार बिज्ञप्ति जारि गर्दै प्रिथ्भीले त्यस्तो औषधि खाएका थिए जुन खोकीको दौरान खाने गरिन्छ बताएको छ।

वेस्ट इन्डिज बिरुद्ध २ ०१८अक्टोबर मा टेस्टमा डेब्यु गरेका १९ वर्षीय शाले डेब्युमै शतक बनाएका थिए। उनि हाल हिप इन्जुरीको कारण भारतको वेस्टइन्डिज टुरमा छनौट भएका थिएनन्। शा इन्डियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सको लागि खेल्ने गर्छन्।


सैयद मुश्ताक टि-२० प्रतियोगिताको दौरान शाको डोपिंग परिक्षण गरिएको थियो थियो जहाँ उनलाई ‘टरबुटालिन’ को सेवनको दोषी पाइएको थियो।  त्यसबेला उनले बिसीसीआईको एन्टी-डोपिंग परिक्षण कार्यक्रम अन्तर्गत आफ्नो पिशावको परिक्षण गराएका थिए।  उनि सहित बिदर्भका अक्षय दुलारवर र राजस्थानका दिव्य गजराजलाई पनि डोपिंग बिरोधि संहिता उल्लङ्घनको दोषी पाइएको छ।

बिसीसीआईले बिज्ञप्तिमा लेखेको छ “मुम्बई क्रिकेट संघका प्रिथ्भी शालाई डोपिंग गरेको पाइएको कारण निलम्बित गरिएको छ। शाले अन्जानमा प्रतिबन्धित पदार्थको सेवन गरेका थिए। यो पदार्थ आमरुपमा खोकीको औषधिमा पाउने गरिन्छ।”

शालाई ८ महिनाको निलम्बन गरिएको छ जुन १६ मार्च २०१९ देखि १५ नोभेम्बर २०१९ सम्म चल्नेछ। यसको मतलब शा बंगलादेश र दक्षिण अफ्रीका बिरुद्ध घरेलु सिरिजमा खेल्न पाउनेछैनन्।

म स्तब्ध छु – शा 

शाले निलम्बन पछि आफ्नो ट्वीटर मार्फत प्रतिक्रिया दिएका छन्-

“मलाई आज थाहा भएको छ कि मैले नोभेम्बर २०१९ को मध्यसम्म क्रिकेट खेल्न पाउनेछैन। मैले मुम्बईको लागि सैयद मुस्ताख अलि प्रतियिओगितको दौरान फेब्रुवरीमा रुघा र चिसो लाग्दा अन्जानवस प्रतिवन्धित औषधि खाएको थिए।  अस्ट्रेलिया सिरिज दौरान मेरो खुट्टाको चोटपछि म सक्रिय क्रिकेटमा फिर्ता हुँदै थिए तर मैले औषधि खाँदा ध्यान पुर्याईन।”

“मेरो भाग्यलाई मैले विनम्रता पुर्वक स्वीकार गर्छु। म अहिले पनि इन्जुरीबाट जुझीरहेको बेला यो समाचारले मलाई स्तब्ध बनाएको छ। यो घटनाले अन्य खेलाडीहरुलाई पनि पाठ सिक्ने सवकको रुपमा काम गर्नेछ भन्ने विश्वास गरेको छु। हामि खेलाडीहरुले कुनै औशादी सेवन गर्दा ध्यान पुर्याउनु पर्छ”


“म बिसीसीआई र मलाई समर्थन गर्ने मेरो निकटतमहरुलाई धन्यवाद दिन चाहन्छु। क्रिकेट मेरो जिन्दगि हो र भारत र मुम्बईको लागि खेल्नु भन्दा गर्वको कुरा अरु छैन। म छिट्टै यो बाट अझ बलियो भएर फर्किनेछु।”

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy