डेल स्टेनद्वारा टेस्ट क्रिकेटबाट सन्यास घोषणा

२०७६ श्रावण २०, सोमबार २१:३३

महान तिब्र गति बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट तत्काल लागु हुने गरि सन्यास घोषणा गरेका छन्।

३६ वर्षीय दक्षिण अफ्रिकी दायाँ हाते तिब्र गति बलर स्टेनले ४३९ टेस्ट विकेट लिएका छन् जुन दक्षिण अफ्रीकि बलरले लिएको सर्वाधिक टेस्ट विकेट हो। स्टेनले टेस्ट बाहेक एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय भने खेल्नेछन्।

“आज म सबैभन्दा माया गरेको खेलको फर्म्याटबाट टाढा हुँदैछु।” स्टेनले बताए- “मेरो बिचारमा टेस्ट क्रिकेट सबैभन्दा उत्कृस्ट संस्करण हो। यसले तपाईको मानसिक, शारीरिक र भावनात्मक रुपमा परिक्षण गर्छ।”

“यो निकै दुखद कुरा हो कि मैले अब टेस्ट कहिल्यै खेल्ने छैन। अब म एकदिवसीय र टि-२० मा ध्यान केन्द्रित गर्नेछु र आफ्नो करियरलाई सकभर लम्ब्याउने प्रयास गर्नेछु।”

“म क्रिकेटमा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु कुनै व्यक्ति विशेसलाई हैन किनकि मेरो यात्रामा सबैजनाको संलग्नता रहेको छ। म आगामी दिनमा पनि प्रोतिजको लागि छोटो फर्म्याटमा खेल्नेछु। धन्यवाद”

स्टेन पछिल्लो समय इन्जुरीसंग जुझीरहेका छन्। पछिल्लो समय टिममा कमब्याक गरेता पनि एकदिवसीय विश्वकपको दौरान पुनः घाइते भएका कारण विश्वकप गुमाउन पुगेका थिए।

स्टेन टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलरको सुचीमा आठौँ स्थानमा रहेका छन्। उनले ९३ खेलको १७१ इनिंगमा बलिंग गर्दै ४३९ विकेट लिए। यस क्रममा २२.९५ को औशत र ४२.३ को स्ट्राइक रेटले बलिंग गरे। उनि भन्दा १ स्थान माथि रहेका इंग्ल्याण्ड बलर स्टुवार्ट ब्रडले १२८ खेलमा ४५० विकेट लिएका छन् जसले स्टेन कति स्तरीय बलर थिए प्रमाणित गर्ने गर्छ।


सन् २००४ मा इंग्ल्याण्ड बिरुद्ध टेस्टमा डेब्यु गरेका स्टेनले अन्तिम टेस्ट यसरी वर्ष फेब्रेवरीमा श्रीलंका बिरुद्ध खेलेका थिए। एकदिवसीयमा स्टेनले १२५ खेलमा १९६ विकेट लिएका छन् भने टि-२० मा ४४ खेलमा ६१ विकेट लिएका छन्।

सन् २००८ मा एकै वर्ष स्टेनले ८६ विकेट लिंदै टेस्ट क्रिकेटर अफ द एअर अवार्ड जितेका थिए।

तिब्र गतिमा स्विंग र रिभर्स स्विंग बलिंग गर्न सक्ने स्टेनको आक्रामक तिब्र गति क्रिकेट जगतले सदैव याद गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy