२४ रन खर्चेको ओभरबारे सन्दिपले बोले “मैले केहि गलत गरेको थिईन।”

२०७६ श्रावण २१, मंगलवार १५:०६

ग्लोबल टि-२० लिग अन्तर्गत सिजनको पहिलो खेल ब्राम्पटन वुल्भ्स बिरुद्ध खेल्ने क्रममा स्पेलमा १ विकेट लिन ४४ रन खर्चदै महँगो सावित भएका नेपाली स्पिनर सन्दिप लामिछानेले दोश्रो खेलमा मोन्टरियल टाइगर्स राम्रो कमब्याक गर्दै २८ रन खर्चेर १ विकेट लिए।

ब्राम्पटन बिरुद्ध सन्दिपले गरेको पहिलो ओभरमै स्कटल्याण्ड ब्याट्सम्यान गर्ज मुनसेले ३ चौका र २ छक्का प्रहार गर्दै २४ रन प्रहार गरे। सन्दिपले दोश्रो खेलमा राम्रो कम ब्याक गरे पछि पहिलो खेलको महँगो स्पेल बारे बोलेका छन्।

ग्लोबल टि-२० क्यानडाको अधिकारिक वेबसाइटसंग कुरा गर्ने क्रममा सन्दिपले आफुले नराम्रो बलिंग नगरेको बताएका हुन् –

“मैले त्यो बलहरुमा केहि गलत गरेको थिईन।” सन्दिपले बताए- “सबै बललाई रिभर्स स्विप प्रहार गर्नु निकै गार्हो कुरा हो तर जर्जले त्यो ओभरमा ५ पटकनै त्यस्तो गरे। त्यो पावरप्लेको दौरान पनि थियो।”

पावरप्ले पछि भने मुनसेले आफुलाई हान्न नखोजेको सन्दिपले बताए – “पावरप्ले पछि उनले फेरी त्यस्तो सट खेल्न खोजेनन् किनकि फिल्डरहरु सर्कल भन्दा बाहिर थिए”

सन्दिपले आफ्नो टिम कप्तान युभराज सिंह हुनुले निकै कुरा सिक्न पाएको समेत बताए-

“म युभराज सिंहले बलिंग गरेको हेर्दै थिए। म महसुस गर्दै थिए कि मैले थोरै बिस्तारै बलिंग गर्नुपर्छ। यी खेलाडीहरुसंग १५-२० वर्ष क्रिकेट खेलेको अनुभव रहेको छ र लामो समय घरेलु क्रिकेट पनि खेलेका छन् त्यसैले यहाँ धेरै सिक्ने कुरा छ। प्रत्येक दिन सुधार गर्दै जानुपर्छ”

सन्दिपले नेपाली समर्थकहरुले आफुबाट निकै आशा गर्ने र उनीहरुले गर्ने आलोचनालाई आफुले स्वाभाविक रुपमा लिने बताए –

“म बाट मेरो सुभचिन्तकहरुको अपेक्षा हो। नेपालमा म बाट प्रत्येक पटक राम्रो प्रदर्शनको अपेक्षा गर्नेगर्छन्। एकाध पटक तपाई यदी प्रदर्शन गर्न फेल हुनुभयो भने मेरो आलोचना गर्नुहुन्छ। तर त्यो आलोचनाको पछाडी असिमित माया लुकेको छ। त्यहीनै मेरो लागि सबैभन्दा ठुलो प्रेरणाको श्रोत हो”

Sandeep lamichhane
Sandeep Lamichhane

 

ग्लोबल टि-२० वेबसाइटले १५ वर्ष अघिसम्म नेपाल जस्ता देशबाट ठुलो स्तरमा क्रिकेट खेल्नु असम्भव रहेको लेख्दै सन्दिपको तारिफ गरेको छ। यस्तै नेपाली फ्यानहरु झन्डा र नेपालको जर्सी सहित मैदानमा उपस्थित भएको र आफ्नो हिरोको खेल हेर्न रातभर जागेको समेत लेखेको छ।

प्रतियोगिता सन्दिप सहित नेपाली राष्ट्रिय टिमका अल-राउण्डर सोमपाल कामि विन्नीपेग हक्सबाट खेलीरहेका छन्। पहिलो चरणको खेल सकिंदा टोरोन्टो चौथो र विन्नीपेग पाँचौ स्थानमा रह्यो। अब टोरोन्टोले दोश्रो चरणमा अंकतालिकामा तेश्रो टिम मोन्टरियल टाइगर्ससंग खेल्नेछ भने विन्नीपेगले अंकतालिकामा दोश्रो टिम भानकुभर नाइट्ससंग खेल्नेछ। दोश्रो चरणको खेल पछि अंकतालिकामा उत्कृस्ट-४ टिम प्ले-अफ चरण प्रवेश गर्नेछ।

सोमपालको टिम विन्नीपेगले आज राति २:१५ बजे भानकुभरसंग तथा टोरोन्टोले भोलि राति १०:१५ बजे मोन्टरियल टाइगर्ससंग खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy