शहजाद अनिश्चितकालको लागि अफगानिस्तान बोर्डको निलम्बनमा, कारण यस्तो

अफगानिस्तान क्रिकेट बोर्ड ( एसीबि ) ले अनुभवी विस्फोटक विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादको अनुबन्ध अनिश्चितकालको लागि निलम्बित गरेको छ।

शहजादलाई अफगानिस्तान बोर्डको आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कारवाही गरिएको हो। उनले देश बाहिर जानु भन्दा अघि क्रिकेट बोर्डको अनुमति लिएका थिएनन्। बोर्डको नियमानुसार देश बाहिर जानको लागी कुनै पनि खेलाडीले एसीबिको अनुमति लिनु पर्छ। उनले यो नीतिको बारम्बार उल्लङ्घन गरेका थिए।

शहजादले बोर्डको नीति बिरुद्ध काम गरेको यो पहिलो पटक हैन। २०१८ मा उनले पेशावरमा क्रिकेट प्रतियोगिता खेल्नको लागि पनि आचारसंहिता उल्लङ्घन गरेका थिए।

अफगानिस्तान क्रिकेट बोर्डको अनुशासन समितिले विश्वकपपछि २० र २५ जुलाईमा बोलाएको बैठकमा शहजाद उपस्थितनै रहेका थिएनन्। बोर्डले शहजादले गरेको उल्लङ्घनको आंकलन गर्दै निलम्वन बारे थप निर्णय गर्न इद पछि अनुशासन समितिको बैठक बोलाउने बताएको छ।

३२ वर्षीय शहजादलाई २०१९ विश्वकपको दौरान घुंडाको छोटको कारण भन्दै उनको सट्टा अर्का ब्याट्सम्यान इक्रम अलि खिललाई प्रतिस्थापन गरेको थियो। तर शहजादले भने आफुलाई टिमबाट षडयन्त्रपुर्वक निकालिएको बताएका थिए।

सन् २००९ मा अफगानिस्तानको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका शहजाद ले कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतक मदतले ३,०८२ रन बनाएका छन्। यस्तै उनले २ वटा टेस्ट र ६५ टि-२० समेत खेलेका छन्। टेस्टमा ६९ रन तथा टि-२० मा  एउटा शतक मदतले १,९३६ रन बनाएका छन्।

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]