कर्पोरेट कपको तयारी अन्तिम चरणमा, काठमाण्डौ किंग्स ११ बाट बिनोद दास सम्मानित

Kathmandu Kings XI
  • विकेटनेपाल – ३१ श्रावण, शुक्रवार

भाद्र पहिलो साताबाट आयोजना हुने काठमाण्डौ किंग्स एलेभेन कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको तयारी अन्तिम चरणमा पुगेको छ।

एभरेष्ट प्रिमियर लिगको ( इपिएल ) फ्रेन्चाईज तथा प्रतियोगिता आयोजक रहेको काठमाण्डौ किंग एलेभेनले बुधवार राजधानीमा एक कार्यक्रम गर्दै प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो। बुधवार आयोजित ” मिट एण्ड ग्रिट ” कार्यक्रमबाट प्रतियोगिताको समुह विभाजन र खेल तालिका समेत प्रकाशन गरियो।

कर्पोरेट क्षेत्रका कुल १५ टोलीलाई चार बिभिन्न समुहमा विभाजन गरेर प्रतियोगिता खेलाइने छ। समुह चरण पश्चात हरेक समुहबाट शिर्ष २ टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन्। इन्डोर प्रतियोगिता रहेतापनि खेल भने सामान्य क्रिकेटकै ढांचामा खेलिने समेत आयोजकले बताएको छ।

समुह विभाजनबाट साबिक बिजेता एनआईसि एसिया बैंकसंगै, दराज डट् कम्, म्याक्स लेजेन्स र डीस् होम् समुह ” ए “मा परेका छन्। यस्तै आईएमएस ग्रुप, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक र एसके भेन्चर्स समुह ” बि ” मा रहंदा आयोजक टेलिटक, सेन्चुरी बैंक र युनिभर्सल इलेक्ट्रोकम् समुह ” सि ” मा रहेका छन्। यस्तै अन्तिम समुह ” डी ” मा क्लाउड फ्याक्ट्री, नयाँ पत्रिका, स्मार्टसेल र युनाइटेड सिमेन्ट रहेका छन्।

प्रतियोगिताका खेलहरु आउँदो भाद्र २ गतेबाट राजधानीको गोल्फुटार स्थित रोयल केसिटिसी इन्डोर क्रिकेटमा संचालन हुनेछन्। दश ओभरको इनिंग रहने प्रतियोगिताको हरेक टोलीमा ८ खेलाडी समावेश रहनेछन्।

बिनोद दासलाई सम्मान :

कर्पोरेट कपको अन्तिम तयारी घोषणाका लागि आयोजित  “मिट एण्ड ग्रिट ” कार्यक्रममा आयोजक काठमाण्डौ किंग्स एलेभेनले बिनोद दासलाई सम्मान गरेको छ। राष्ट्रिय टोलीका पूर्व कप्तान तथा यूवा टोलीका बर्तमान प्रशिक्षक दास काठमाण्डौ किंग्स एलेभेनका डाइरेक्टर अफ क्रिकेट समेत हुन्। फ्रेन्चाईजलाई टोलीको रुपमा मझ्बुत बनाउन र परिवारका रुपमा जोडेर राख्न बिनोद दासले महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले सम्मान गरेको हो।





थप समाचार

कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ […]

कृतिका चम्कँदा बागमती ५२ रनमा अल आउट

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशलाई ५३ रनको लक्ष्य दिएको […]

ललितपुर मेयर्स कप आजबाट, बागमती र ललितपुर खेल्दै

काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र […]

वाइड र नो-बल बिनाको त्यो विश्वकप …

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]