अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागी हुन शोबिज स्पोर्ट्स टिम श्रीलंका प्रस्थान

२०७६ श्रावण ३२, शनिबार १२:१३

शोबिज स्पोर्ट्स नेपालले श्रीलंकामा १८ देखि २४ अगस्टसम्म आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागिता जनाउने भएको छ।

ग्रेट स्पोर्ट्स स्टेप श्रीलंकाको आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलो पटक नेपाली टोलि सहभागी हुन लागेको हो।

श्रीलंका जाने टिमको कप्तानी अंकित प्रताप सिंहले गर्नेछन्। टिमको उपकप्तान मणिरत्न कुमार शाह रहेका छन् भने टिमको अन्य सदस्यहरुमा बिबेक बुढाथोकी, सबिन बोगटी, सफल केसी, अभियान बस्नेत , अज्फल मन्सुर , आयुष लामिछाने, रभी सिंह, पवन ओली, गणेश गौतम , रमेश शर्मा रहेका छन्। टिम प्रशिक्षकको भूमिकामा मोहन कुमार साह रहेका छन्।

Ankit Pratap Singh

कार्निभलको दौरान शोबिज स्पोर्ट्सले ग्रेट स्पोर्ट्स स्टेपको टोलिसंग ४ वटा खेलहरु खेल्नेछ। यस्तै भ्रमणको क्रममा टिमले विशेष प्रशिक्षण समेत लिनेछ। ग्रेट स्पोर्ट्स स्टेपको टोलिमा प्रथम श्रेणी क्रिकेटरहरु रहने बताईएको छ।

शोबिज स्पोर्ट्सका कप्तान अंकित प्रताप सिंहले भ्रमणले खेलाडीहरुले एक्सपोजर पाउने जसले गर्दा खेलाडीहरुले नयाँ कुरा सिक्न पाउने बताए –

“राम्रो टिमसंग खेल्न जान लागेका छौँ जहाँ प्रथम श्रेणी खेलीसकेका क्रिकेटरहरुसंग खेल्नेछौँ। खेलाडीको एक्सपोजरको लागि र अन्तर्राष्ट्रिय वातावरणअ घुलमिल गराउन यो टुरले महत्वपूर्ण भूमिका खेल्छ। हामि सिक्ने उद्देश्यले जान लागेका हौँ।” सिंहले बताए।

शोबिज स्पोर्ट्सले यस अघि थाईल्याण्ड र मलेसियाको पनि भ्रमण गरिसकेकोछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy