प्रदेश ५ र ६ को प्रादेशिक संघको अध्यक्षमा दुर्गा थापा

२०७६ भाद्र ७, शनिबार १९:१५

प्रदेश ५ र प्रदेश ६ को शनिवार सम्पन्न प्रादेशिक क्रिकेट संघको साधारणसभाले दुर्गा थापालाई अध्यक्ष चयन गरेको छ।

अध्यक्षमा थापा सहित १३ जना कार्यसमितिका सदस्यहरु सर्वसम्मत रुपमा चयन भए। प्रदेश-६ कर्णाली प्रदेशमा सुर्खेत जिल्ला मात्र रहेकोले प्रदेश-५ मा गाभिएको हो। प्रदेश-५ मा नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, दाङ, बर्दिया गरि ७ वटा जिल्ला क्रिकेट संघ रहेका छन्।

संघको उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सचिव संजय गुरुङ तथा कोषाध्यक्ष राजेश श्रेष्ठ चुनिएका छन्। सदस्यहरुमा विनय राज भण्डारी, कैलाश रोका मगर, संजयराज सिंह, किशोर चन्द्र गौतम, पदम राज श्रेष्ठ, श्रीधर केसी, कृष्ण प्रसाद बस्याल , विजय ज्ञवाली रहेका छन्। एक मात्र महिला सदस्य माया ज्ञवाली रहेका छन्।

निर्वाचित प्रदेश-५ र ६ प्रादेशिक क्रिकेट संघ कार्यसमिति। फोटो – तारा पाठक

यस अघिनै गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश-१ तथा गण्डकी प्रदेशको प्रादेशिक क्रिकेट संघको निर्वाचन सम्पन्न भइसकेको छ। क्रमशः गण्डकीबाट देबेन्द्र प्रजु, सुदुरपश्चिमबाट हरि रेग्मी, प्रदेश-१ बाट डन्डु शेर्पा अध्यक्ष निर्वाचित भइसकेका छन्।

७ वटा प्रदेश मध्ये अब प्रदेश-२ र प्रदेश-३ को मात्र प्रादेशिक निर्वाचन बाँकी रहेको छ। प्रदेशको निर्वाचन पछि केन्द्रिय निर्वाचन हुनेछ जसपछि नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउनेछ। केन्द्रिय निर्वाचन सम्पन्न भएपछि नेपाल क्रिकेट संघलाई आईसीसीले लगाएको निलम्वन फुकुवा हुनेछ।

नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy