प्रदेश ५ र ६ को प्रादेशिक संघको अध्यक्षमा दुर्गा थापा

प्रदेश ५ र प्रदेश ६ को शनिवार सम्पन्न प्रादेशिक क्रिकेट संघको साधारणसभाले दुर्गा थापालाई अध्यक्ष चयन गरेको छ।

अध्यक्षमा थापा सहित १३ जना कार्यसमितिका सदस्यहरु सर्वसम्मत रुपमा चयन भए। प्रदेश-६ कर्णाली प्रदेशमा सुर्खेत जिल्ला मात्र रहेकोले प्रदेश-५ मा गाभिएको हो। प्रदेश-५ मा नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, दाङ, बर्दिया गरि ७ वटा जिल्ला क्रिकेट संघ रहेका छन्।

संघको उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सचिव संजय गुरुङ तथा कोषाध्यक्ष राजेश श्रेष्ठ चुनिएका छन्। सदस्यहरुमा विनय राज भण्डारी, कैलाश रोका मगर, संजयराज सिंह, किशोर चन्द्र गौतम, पदम राज श्रेष्ठ, श्रीधर केसी, कृष्ण प्रसाद बस्याल , विजय ज्ञवाली रहेका छन्। एक मात्र महिला सदस्य माया ज्ञवाली रहेका छन्।

निर्वाचित प्रदेश-५ र ६ प्रादेशिक क्रिकेट संघ कार्यसमिति। फोटो – तारा पाठक

यस अघिनै गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश-१ तथा गण्डकी प्रदेशको प्रादेशिक क्रिकेट संघको निर्वाचन सम्पन्न भइसकेको छ। क्रमशः गण्डकीबाट देबेन्द्र प्रजु, सुदुरपश्चिमबाट हरि रेग्मी, प्रदेश-१ बाट डन्डु शेर्पा अध्यक्ष निर्वाचित भइसकेका छन्।

७ वटा प्रदेश मध्ये अब प्रदेश-२ र प्रदेश-३ को मात्र प्रादेशिक निर्वाचन बाँकी रहेको छ। प्रदेशको निर्वाचन पछि केन्द्रिय निर्वाचन हुनेछ जसपछि नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउनेछ। केन्द्रिय निर्वाचन सम्पन्न भएपछि नेपाल क्रिकेट संघलाई आईसीसीले लगाएको निलम्वन फुकुवा हुनेछ।

नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।

 





थप समाचार

नेपाल बलिङ गर्दै

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

नेपालसँग खेल्ने बंगलादेशको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको बंगलादेशको टोली […]

योगेन्द्रको अलराउन्ड प्रदर्शनमा अभानीको जित

काठमाडौं । नेपाली यू-१९ टोलीबाट २०१६ मा विश्वकप खेलेका योगेन्द्रसिंह कार्कीको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाको सिड्नीमा जारी अभानी प्रिमियर लिगमा […]

सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार […]

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो […]

सम्झनाको अर्धशतकमा कोशीलाई १ सय १३ रनको लक्ष्य

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई जितका लागि १ […]