यु-१९ एसिया कप : नेपाल श्रीलंकासंग ५ विकेटले पराजित

श्रीलंकामा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासंग पराजित भएको छ।

कोलोम्बो स्थित आर. प्रेमदासा स्टेडियममा सम्पन्न खेलमा नेपालले पहिले ब्याटिंग गर्दै दिएको १५९ रनको लक्ष्य श्रीलंकाले ५ विकेट गुमाएर ३४ औं ओभरमा पुरा गर्यो। ओभर घटेकाले श्रीलंकाले १५९ रनको लक्ष्य पाएको थियो।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकन ओपनर नभोद पर्नभिथाना १२ रन बनाएर पाँचौ ओभरमा रासिद खानबाट आउट भए। त्यसपछि १० औं ओभरमा सागर ढकालले १५ रन बनाएका रसन्था डी सिल्भालाई बोल्ड गरे।

त्यसपछि भने श्रीलंका सम्हालियो। ओपनर कामील मिश्रा र यहाँ विक्रमासिंघेले तेश्रो विकेटको लागि ६० रनको साझेदारी गरे। २१ औं ओभरमा मिश्रालाई रासिद खानले क्याच आउट गर्दै नेपाललाई खेलमा  फर्काए। मिश्राले ६२ बलमा ३ चौका र २ छक्का मदतले ५५ रन बनाए। २२ औं ओभरमा पवन सर्राफले ३० रन बनाएका विक्रमासिंघेलाई क्याच आउट गराए र नेपालको सम्भावना जीवित राखे।

त्यसपछि श्रीलंकाले नेपाललाई हावी हुन दिएन। कप्तान निपुन परेरा र अभिस्का थरिन्दुले पाँचौ विकेटको लागि ४० रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। परेरा १८ रन बनाएर आउट भए पनि टिम जित नजिक पुगीसकेको थियो। अभिस्का थरिन्दुले अविजित २५ रन बनाउदै टिमलाई जितसम्म पुर्याए।

नेपालको बलिंगमा रासिद खानले सर्वाधिक २ विकेट तथा पवन सर्राफ ( ९-१-२८-१ ) , कमल सिंह ऐरी ( ५-०-३२-१ ) र सागर ढकाल ( ८-०-४९-१ ) ले समान १ विकेट लिए।

नेपालको ब्याटिंग 

कोलोम्बो स्थित आर. प्रेमदासा स्टेडियममा जारि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ४२ ओभरको इनिंगमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो। वर्षाको कारण ९ ओभर सकिंदा खेल रोकिदा ओभर घटाइएको थियो।

Rit Gautam , Rohit Paudel

नेपालको सुरुवात राम्रो हुन सकेन जुन क्रममा पवन सर्राफ ४ तथा आसिफ शेख ७ रन बनाएर आउट भए। सातौँ ओभरमा २४/२ को स्थितिबाट ओपनर रित गौतम र कप्तान रोहित पौडेलले राम्रो साझेदारी गरे। दुवैले तेश्रो विकेटको लागि ९१ रनको साझेदारी गरे।

५४ रन बनाएका रिट ३० औं ओभरमा आउट भए। उनले ८५ बलमा ४ चौका प्रहार गरे। लगत्तै ४७ रन बनाएर कप्तान रोहित पनि आउट भए। उनले ८० बलमा १ चौका प्रहार गरे। भिम शार्की १ रन बनाएर रन आउट हुँदा श्रीलंका खेलमा हावी भयो।

त्यसपछि नेपालको विकेट पतन सुरु भयो। कुशल मल्ल र कमल सिंह ऐरी समान २/२ रन तथा सागर ढकाल १ रन बनाएर आउट भए। अन्तिममा रासिद खानले अविजित १५ रन बनाए।

श्रीलंकाको बलिंगमा दिलशान मदुशंका ( ८-१-२३-३ ) र नाभोद दिनुस्री ( ९-०-२६-३ ) ले समान ३/३ विकेट लिए।

Rit Gautam

आजै सम्पन्न समुह ‘बि’ अन्तर्गत दोश्रो खेलमा युएईलाई बंगलादेशले ६ विकेटले पराजित गर्यो। प्रतियोगिता अन्तर्गत नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा नेपाल र श्रीलंका सहित युएई र बंगलादेश रहेको छ। आजै युएई र बंगलादेश बीच पनि खेल चलीरहेको छ। समुह ‘ए’ मा भारत, पाकिस्तान, कुवेत र अफगानिस्तान रहेका छन्।

नेपालले दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ मा तथा तेश्रो खेल युएईसंग सेप्टेम्बर १० मा खेल्नेछ। दुवै समुहबाट उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]