जमैका बिरुद्ध टिम हार्दा सन्दिपको मध्यम प्रदर्शन, १ विकेट लिंदा ब्याटिंगमा व्यक्तिगत सर्वोच्च स्कोर

करेबियन प्रिमियर लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने प्रतिनिधित्व गरेको टिम बार्बेडोस ट्राइडेन्ट्सले प्रतियोगितामा दोश्रो हार बेहोरेको छ।

जमैकामा तल्लावाहले घरेलु मैदानमा बार्बेडोसलाई ४ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गर्यो। पहिले ब्याटिंग गर्दै बार्बेडोसले दिएको १४१ रनको लक्ष्य जमैकाले ६ विकेट गुमाएर पुरा गर्यो। हार पछि बार्बेडोस अंक तालिकाको पाँचौ स्थानमा रहेको छ। यस अघि पहिलो खेलमा गुएना अमेजोन वारियार्ससंग ४७ रनले पराजित भएको बार्बेडोसले दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई १८ रनले पराजित गरेको थियो।

टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा बार्बेडोसको लागि एशले नर्सले सर्वाधिक १८ बलमा ३७ रन बनाए जुन क्रममा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै जेपी डुमिनिले ३५ बलमा ३१ रन बनाए। जमैकाको बलिंगमा जाहिर खानले २० रन खर्चेर ३ विकेट लिए भने जर्ज वोर्कर र रमाल लुइसले २/२ विकेट लिए।

१८.३ ओभरमा लक्ष्य पुरा गर्ने क्रममा जमैकाका कप्तान चाडविक वाल्टनले अविजित ५१ रन बनाए जुन क्रममा १ चौका र ५ छक्का प्रहर गरे। ग्लेन्न फिलिपले २८, जेभेल्ले ग्लेनले २७ तथा क्रिस गेलले २२ रन बनाए। बार्बेडोसको बलिंगमा जेसन होल्डर र हेडन वाल्सले २/२ तथा सन्दिप लामिछाने र रोशन प्रिमुसले १/१ विकेट लिए।

कस्तो रह्यो सन्दिपको प्रदर्शन 

अघिल्लो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट लिंदै प्लेयर अफ द म्याच चुनिएका सन्दिपको जमैका बिरुद्ध प्रदर्शन भने मध्यम रह्यो।

ब्याटिंगतर्फ सन्दिपले विदेशी फ़्रेन्चाइज् लिगमा आफ्नो व्यक्तिगत सर्वाधिक रन बनाए। नवौं विकेट गुमेपछि १८ औं ओभरमा एघारौं नम्बरमा ब्याटिंग गर्न आएका सन्दिपले अविजित ८ बलमा १० रन बनाए। यस अघि ८ रन सन्दिपको उच्च स्कोर थियो। यस क्रममा उनले अन्तिम ओभरको दोश्रो बलमा डेरभल ग्रिनले गरेको फुलटस बललाई कभरतर्फ चौका प्रहार गरे। चौका प्रहार गर्दा कमेन्टेटरले सन्दिपलाई नेपाली भन्दै तारिफ गरेका थिए भने उनि सधै मुस्कुराइरहने बताएका थिए। १० रन बनाउने क्रममा सन्दिपले राम्रो सटहरु खेल्दै टिमलाई महत्वपूर्ण योगदान दिए।

बलिंग प्रदर्शन , वर्षकै पहिलो मेडन ओभर 

पहिलो ओभर : ८ रन ( ० , ४ , ० , १ , २ , १ ) : पाँचौ ओभरमा पहिलो ओभर गरेका सन्दिपले ८ रन खर्चिए। ओभरको दोश्रो बलमा क्रिस गेलले सन्दिपको गुगलीलाई स्विप गर्दै चौका प्रहार गरे। त्यस बाहेक गेललाई सन्दिपले शान्त राख्न सफल रहे। ४ बल गेलले खेल्दा २ बलमा रन बनाउन सकेनन् भने एउटा सिंगल र एउटा चौका प्रहार गरे।

दोश्रो ओभर : १५ रन ( ० , १ , ६ , १ , १ बाई , ६ ) : दशौँ ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपले ओभरमा १५ रन खर्चिए। यस क्रममा ओभरको तेश्रो बलमा जभेल्ले ग्लेनले लंगअनमा पुल गर्दै छक्का प्रहार गरे।  त्यसपछि ओभरको अन्तिम बलमा सन्दिपले लेग स्टम्प बाहिर गरेको बललाई स्क्वायर लेगमा छक्का प्रहार गरे।

तेश्रो ओभर : १३ रन र १ विकेट ( ० , ६ , १ , ६ , विकेट , ० ) : १३ औं ओभरमा बलिंगमा आएका सन्दिपको पहिलो बलमै विकेट लिने मौका विकेटकिपरले स्टम्पिंग मिस गर्दा गुमाए। अगाडी बढेर खेल्ने क्रममा सन्दिपको लेग स्पिन छुन नसकेका वाल्टन विकेटकिपरको गल्तिले बच्न पुगे। लगत्तै बलमा वाल्टनले छक्का हिर्काए। त्यसपछि चौथो बलमा जभेल्ले ग्लेनले सन्दिपको गुगलीलाई लंगअन माथि छक्का प्रहार गरे।

ओभरको पाँचौ बलमा भने सन्दिपले जभेल्ले ग्लेनको विकेट लिए। गुगलीलाई लंगअनमा प्रहार गर्ने क्रममा ग्लेन क्याच आउट हुन पुगे। सन्दिपलाई ३ छक्का प्रहार गरेका ग्लेनको विकेटपछि राहतको स्वास फेरेका सन्दिपले चिच्याउदै खुसि व्यक्त गरेका थिए।

चौथो ओभर : मेडन ओभर ( ० , ० , ० , ० , ० ,० ) : १५ औं ओभरमा उत्कृस्ट बलिंग गरेका सन्दिपले कुनै पनि रन दिएनन्। यो वर्ष विदेशी टि-२० लिगमा गरेको यो नै सन्दिपको एक मात्र मेडन ओभर हो। गत वर्ष भने सन्दिपले कुल ३ मेडन ओभर गरेका थिए। सन्दीपको ६ वटै बलमा वाल्टनले रन बनाउन सकेनन्।

४ ओभरमा सन्दीपले १ मेडन ओभर गर्दै १ विकेट लिएर ३५ रन खर्चिन पुगे।

प्रतियोगिता अन्तर्गत बार्बेडोसले चौथो खेल शनिवार बिहान ५:४५ बजे ड्यारेन स्यामी कप्तानीको सेन्ट लुसिया जुक्स बिरुद्ध खेल्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]