एकेडेमी क्रिकेट लिग : ओसिस र पोखरा क्रिकेट एकेडेमी बिजयी

काठमाण्डौको मुलपानीमा संचालन भैरहेको एकेडेमी क्रिकेट लिग अन्तरगत सोमबार सम्पन्न खेलमा एन्जल स्पोटर्स क्रिकेट एकेडेमीलाई ओसिस क्रिकेट एकेडेमीले ६ विकेटले तथा रामारोशन क्रिकेट एकेडेमीलाई पोखरा क्रिकेट एकेडेमीले ९ विकेटले पराजित गरेको छ ।

सोमबार सम्पन्न पहिलो खेलमा ओससिले टस जितेर फिल्डिङ रोज्दै एन्जललाई ब्याटिङ निम्तो दिएको थियो । निर्धारित १४ ओभरमा एन्जलले ६ विकेट गुमाउदै ६२ रन बनाएको थियो । एन्जलका बिबेक राना मगरले ३२ बल खेल्दै २ छक्का र २ चौका को मद्दतले ३५ रन बनाउदा अन्य ब्याट्स म्यान ले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङतर्फ ओससिका दिपेश कडेलले ३ ओभरमा १ मेडन राख्दै ३ रन खर्चिदै २ विकेट लिएका थिए भने स्वरुप श्रेष्ठले २ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रेको ओससिले १२.५ ओभरमा ४ विकेट गुमाउदै ६३ रन बनाउदा खेल ६ बिकेटले विकेट भएको थियो । ओससिका ब्याट्स म्यान आशिष झाले २५ रन र दिपेश कडेलले २१ रन बनाएका थिए ।

बलिङतर्फ एन्जल अंकित न्यौपानेले २ बिकेट र सुनिल शाहीले १ वीकेट लिएका थिए । खेलमा म्यान अफ दि म्याच ओससिका दिपेश कडेल घोषित भएका थिए । उनलाई नगद रु १ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।

दोस्रो खेल : ग्रेटर पोखरा बिजयी

सोमबारै सम्पन्न दोस्रो खेलमा टस जितेर पोखरा क्रिकेट एकेडेमी पोखराले फिल्डिङ रोज्दै रामारोशन क्रिकेट एकेडेमीलाई ब्याटिङको निम्तो दिदा ब्याटिङमा उत्रेको रामारोशनले १२.३ ओभर खेल्दै सम्पुर्ण विकेट गुमाएर ४० रन मा समेटिएको थियो ।

रामारोशनका ब्याट्सम्यान सुबास ऐरले १२ रन र बिबेक बिसीले १० रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरा अंक बनाउन नसक्दा टिम प्रतियोगिताकै हाल सम्मको न्युन स्कोरमा समेटिएको हो । बलिङतर्फ पोखराका सुबास भण्डारीले ३.३ ओभरमा ७ रन दिदै ४ विकेट लिए भने बिपीन खत्री र सुशिल गिरीले समान ३/३ वीकेट लिएका थिए ।

४१ रनको झिनो बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको पोखराका रमेश बस्नेतले २३ रन बनाउदा अर्जुन कुमालले ७ रन र बिपीन खत्रीले ५ रन बनाएका थिए ।

खेलमा म्यान अफ दि म्याच पोखराका सुबास भण्डारी घोषित भएका थिए । उनलाई नगद रु १ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।





थप समाचार

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]