सन्दिपको सानदार बलिंगका बाबजुद नेपाल जिम्बाब्वेसंग पराजित

सन्दिप लामिछानेले उत्कृस्ट बलिंग गरेता पनि नेपाल सिंगापुरमा सुरु भएको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाब्वेसंग ५ विकेटले पराजित भएको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले १८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

सिरिज अन्तर्गत नेपालले दोश्रो खेल सिंगापुरसंग शनिवार खेल्नेछ। खेल नेपाली समय ५:१५ बजे सुरु हुनेछ।

लक्ष्य पछ्याउने क्रममा जिम्बाबेले सुरुवात निकै खराब रह्यो। सन्दिप लामिछानेले जिम्बाब्वेको माथिल्लो क्रमको ३ विकेट लगातार लिए। दोश्रो ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दिपले सो ओभरमा तेश्रो बलमा रेगिस चकाभालाई क्याच आउट गराए। त्यसपछि चौथो ओभरको पहिलो र पाँचौ बलमा उनले टिनोटेन्डा मुटोमबोड्जी र कप्तान सेन विलियम्सलाई पनि आउट गरे।  मुटोमबोड्जीको विकेट लिन इशान पाण्डेले निकै उत्कृस्ट क्याच गरे। चकाभा, मुटोमबोड्जी र विलियम्सले खाता खोल्न सकेनन्।

३.५ ओभरमा २८/३ को नाजुक स्थितिमा पुगेको जिम्बाब्वे पाँचौ ओभरमा ब्रायन चरी रन आउट हुँदा झनै समस्यामा पर्यो। दिपेन्द्र ऐरीले मिड अफबाट सिधा थ्रोमा आउट गर्दा १८ बलमा ४ चौका मदतले १९ रन बनाएका चरीको महत्वपूर्ण विकेट नेपालले हात पार्यो।

३७/४ को अवस्थाबाट जिम्बाब्वे इनिंगलाई टिमिसेन मरुमा र रायन बर्लले अघि बढाए। साझेदारी नेपालको लागि समस्या बन्दै गर्दा कप्तान पारस खड्काले दशौं ओभरमा १२ रन बनाएका मरुमालाई बोल्ड गर्दै खेलमा फर्काए। २७ रनको साझेदारी टुट्दा १० ओभरमा जिम्बाब्वे ६४/५ को अवस्थामा पुग्यो।

Ryan Burl

त्यसपछि जिम्बाब्वेलाई बर्ल र रिचमन्डले छैठौं विकेटको लागि साझेदारी गर्दै अघि बढाए। दिपेन्द्र ऐरीले गरेको १५ औं ओभरमा रिचमन्डले लगातार २ छक्का प्रहार गर्दै जिम्बाब्वेको दबाब कम गरे। १७ औं ओभर बलिंग गर्न आएका कुशल मल्लको एकै ओभरमा जिम्बाब्वेले ३ छक्का र १ चौका प्रहार गरे पछि जिम्बाब्वे खेलमा हावी भयो। उक्त ओभरको पहिलो बलमा रिचमन्डले छक्का प्रहार गरे भने त्यसपछि चौथो बलमा बर्लले छक्का, पाँचौ बलमा चौका र छैठौ बलमा छक्का प्रहार गरे।

बर्लले अविजित ४१ तथा रिचमन्डले अविजित ४० रन बनाउदै टिमलाई जितसम्म पुर्याए। बर्लले ३६ बलमा ३ चौका र २ छक्का तथा रिचमन्डले २८ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १५ रन खर्चिए। पारस खड्काले १ विकेट ( २-०-१०-१ ) लिए।

नेपालको इनिंग

पहिले ब्याटिंग गर्ने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन। इशान पाण्डे दोश्रो ओभरमा ४ रन बनाएर चताराबाट क्याच आउट हुन पुगे। त्यसपछि आरिफ शेख र अर्का ओपनर पारस खड्काले दोश्रो विकेटको लागि २७ रनको साझेदारी गरे। सातौँ ओभरमा आरिफलाई वेलिंगटन मासाकाड्जाले आफ्नै बलमा क्याच आउट गरे। त्यस लगत्तै आठौँ ओभरमा पारस खड्कालाई पनि रायन बर्लले क्याच आउट गरे। आरिफले ८ तथा पारसले १८ रन बनाए। डेब्यु गरिरहेका अर्का खेलाडी कुशल मल्लले पनि २ रन मात्र बनाए जसलाई सेन विलियम्सले क्याच आउट गरे।

१०.१ ओभरमा ५५/४ पुगेको नेपालको योगफललाई उपकप्तान दिपेन्द्र ऐरी र सन्दिप जोराले अघि बढाए। दुवैले पाँचौ विकेटको लागि ३४ रनको साझेदारी गरे। १७ रन बनाएका जोरालाई १६ औं ओभरमा माडजिभाले क्याच आउट गराए जसले १५ बलमा २ चौका प्रहार गरे।

एक किनारमा निडर क्रिकेट खेलीरहेका दिपेन्द्र ऐरी १७ औं ओभरमा आउट भए। ३३ बलमा ५ चौका प्रहार गरेका उनलाई सेन विलियम्सले क्याच आउट गरे।

दिपेन्द्र ऐरीले सर्वाधिक ४० रन बनाए

१६.३ ओभरमा ९५/६ को अवस्थामा रहेको नेपाललाई सातौँ विकेटको लागि बिनोद भण्डारी र सोमपाल कामिले अविजित ३७ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोर्याए।

सोमपालले अविजित २५ रन बनाए जुन क्रममा १४ बलमा ३ छक्का प्रहार गरे। बिनोदले ११ रन बनाउन १२ बलमा १ चौका प्रहार गरे। बिनोदले ठुलो सट खेल्ने प्रयास गरेपनि लगातार असफल रहे।

जिम्बाब्वेको बलिंगमा सेन विलियम्सले सर्वाधिक २ विकेट ( ४-०-१९-२ ) लिए। यस्तै वेलिंगटन मासाकाट्जा ( ४-०-१९-१ ) , रायन बर्ल ( २-०-१९-१ ) , नेभिले माडजिभा ( ४-०-३१-१ ) तथा टेन्डाइ चतारा ( ४-०-३०-१ ) ले समान १/१ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]