सुरु भयो नेपाल क्रिकेट संघको मतदान ( फोटो फिचर )

२०७६ आश्विन ११, शनिबार १३:५३

नेपाल क्रिकेट संघको केन्द्रीय विशेष साधारणसभा अन्तर्गत दोश्रो दिन केन्द्रिय कार्यसमिति चयनको लागि मतदान सुरु भएको छ।

राजधानीको नागपोखरी स्थित मेरीएट होटलमा १ बजेबाट निर्वाचन सुरु भएको हो। तालिका अनुसार निर्वाचन अवधि १ बजे देखि २:३० बजे सम्म रहेको छ। निर्वाचन लगत्तै मतगणना सुरु हुनेछ र ३:३० सम्म सकिनेछ। त्यसपछि ३:४५ देखि ४ बजे सम्म परिमाण घोषणा हुने तालिका रहेको छ। नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाएपछि अक्टोबर १३ मा बस्ने आईसीसीको बैठकले नेपालको निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ।

निर्वाचनको सुरुवात अध्यक्ष पदका उम्मदेवार विनय राज पाण्डेले गरे जसपछि अर्का अध्यक्ष उम्मेदवार चतुर बहादुर चन्दले मतदान गरे। मतदान गरे पछि दुवैले एक अर्कासंग फोटो खिचाएका थिए।

बिनय राज पाण्डे र चतुर बहादुर चन्द भोट हाले पछि

संघको उपाध्यक्ष पदको लागि मिङ्मा डन्डु शेर्पा र राजबाबु श्रेष्ठ, सचिवको लागि अशोक नाथ प्याकुरेल र बिनोद कुमार मैनाली र कोषाध्यक्षका लागि रोशन कुमार सिंह र उपेन्द्र भट्टराईले मनोनयन दर्ता गराएका छन्।

यस्तै सदस्यहरुमा प्रदेश तर्फ लाक्पा लामा र कैलास बिस्ट ( प्रदेश १ ) , दाउद अन्सारी ( प्रदेश २ ) , कैलास प्रधान र अमितबिर पाण्डे ( प्रदेश ३ ) , ऋषिराम गौतम ( प्रदेश ४ ) , प्रशान्त बिक्रम मल्ल ( प्रदेश ५ ) , पदम खड्का ( प्रदेश ६ ) , बिक्रम बिस्ट ( प्रदेश ७ ) ले मनोनयन दर्ता गराएका छन्। अन्सारी, गौतम , खड्का र बिस्ट निर्बिरोध चयन भएका छन्। यस्तै महिला तर्फ जयन्ति भट्ट र खुला तर्फ अर्जुन पौडेल, बिरेन्द्र चन्द, धिरेन्द्र साउद, दुर्गाराज पाठक, जगत टमाटा, करन क्षेत्री, माधव कर्माचार्य, नरेस राणा, पवन अग्रवाल, प्रफुल्ल बैद्य, संजय राज सिंहले उम्मेद्वारिय दर्ता गराएका छन्। महिलाबाट जयन्ति भट्ट निर्बिरोध चयन भइन्।

निर्वाचनमा जिल्लाबाट १/१ जना गरि ३९ र प्रदेशबाट २० गरि ५९ जना मतदाताले भोट गर्नेछन् जसले संघको अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत १७ सदसीय कार्यसमितिको चयन गर्नेछ।

फोटोहरुमा हेर्नुस निर्वाचन

निर्विरोध निर्वाचित एक मात्र महिला केन्द्रिय सदस्य जयन्ति भट्टसंग बिनय राज पाण्डे र चतुर बहादुर चन्द मतदान पछि फोटो खिचाउदै

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy