करनले उछिने रासिद खानलाई, नेपालले हंगकंगलाई जित्दा बने ९ ठुला रेकर्ड

२०७६ आश्विन १९, आईतवार १९:४७

ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा हंगकंगलाई ४ विकेटले पराजित गरेको छ। यस खेलमा बनेका ९ ठुला रेकर्डहरु यस प्रकार रहेका छन्-

१. बिनोद १ भन्दा बढी अर्धशतक बनाउने मात्र दोश्रो ब्याट्सम्यान 

हंगकंग बिरुद्ध अर्धशतक पुरा गरेसंगै पारस खड्का पछि १ भन्दा बढी अर्धशतक बनाउने बिनोद भण्डारी मात्र दोश्रो नेपाली ब्याट्सम्यान बनेका छन्। बिनोदले पहिलो अर्धशतक यसै वर्ष मलेसिया बिरुद्ध प्रहार गरेका थिए। हालसम्म टि-२० अन्तर्राष्ट्रियमा पारसले १ शतक र ३ वटा अर्धशतक प्रहार गरेका छन्। बिनोदले २ अर्धशतक बनाउदा सुबास खकुरेल, सन्दिप जोरा र ज्ञानेन्द्र मल्लको नाममा १/१ अर्धशतक रहेको छ।

२. चौथो उच्च व्यक्तिगत रन 

बिनोदले बनाएको ५८ रन नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा चौथो व्यक्तिगत उच्च रन हो। पारस खड्का पछि कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन हो। पारस खड्काको नाममा सर्वोच्च ३ वटा स्कोर रहेको छ जुन क्रमश १०६, ८६ र ६८ हो , उनले क्रमशः सिंगापुर, मलेसिया र कुवेत बिरुद्ध यो रन बनाएका थिए।

३. तेश्रो धेरै छक्का 

हंगकंग बिरुद्ध ३ वटा छक्का प्रहार गरेका भण्डारीको टि-२० अ. करियरमा छक्का संख्या १० पुगेको छ। नेपालको लागि उनि तेश्रो धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्। सबै भन्दा धेरै पारस खड्काले २१ तथा ज्ञानेन्द्र मल्लले दोश्रो धेरै ११ छक्का प्रहार गरेका छन्। शरद भेसावकर र सोमपाल कामिले समान ७ छक्का प्रहार गरेका छन्।

४. पारसको अप्रीय रेकर्ड 

हंगकंगसंग इनिंगको पहिलो बलमै खाता नखोली गोल्डेन डक भएका पारस खड्का नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा दोश्रो धेरै खाता नखोली आउट हुने ब्याट्सम्यान बनेका छन्। २५ खेलमा पारस कुल ३ पटक सुन्यमै आउट भएका छन्। सबैभन्दा धेरै खाता नखोली आउट हुने ब्याट्सम्यान प्रदिप ऐरी हुन् जो ११ खेल खेल्दा ४ पटक खाता खोल्न असफल रहेका थिए। अविनाश बोहरा, शक्ति गौचन, पवन सर्राफ र करन केसी २/२ पटक खाता नखोली आउट भएका छन्।

Binod Bhandari

५. पाँचौ विकेटको लागि ठुलो साझेदारी 

पाँचौ विकेटको बिनोद भण्डारी र आरिफ शेख बीच भएको ६१ रनको साझेदारी टि-२० अ.मा पाँचौ विकेटको लागि नेपालको सर्वाधिक साझेदारी हो। यस अघि पाँचौ विकेटको लागि पारस खड्का र शारदा भेसावकर बीच २०१५ मा नेदरल्याण्ड बिरुद्ध भएको ४८ रनको साझेदारीको रेकर्ड आरिफ र बिनोदले तोडेका हुन्। कुनै पनि विकेटको लागि यो नेपालको आठौँ ठुलो साझेदारी हो भने बिनोद भण्डारीले कुनै पनि ब्याट्सम्यानसंग गरेको योनै सबैभन्दा ठुलो साझेदारी हो।

६. करन सबैभन्दा धेरै विकेट लिने नेपाली बलर 

हंगकंगसंग ४ विकेट लिएसंगै करन नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। कुल २५ विकेट लिंदै संयुक्त रुपमा बसन्त रेग्मी, करन केसी र सोमपाल कामि पहिलो नम्बरमा रहेका छन्। करनले १९ औं खेल खेल्दा २५ विकेट लिएका हुन् भने बसन्त रेग्मीले १८ तथा सोमपालले २५ खेल खेलेका छन्। १४ खेलमा २१ विकेट लिंदै सन्दिप लामिछाने दोश्रो तथा १२ खेलमा १४ विकेट लिंदै अविनाश बोहरा तेश्रो स्थानमा रहेका छन्।

७. करन सबैभन्दा राम्रो स्ट्राइक रेट

कुल २५ विकेट लिने क्रममा करन केसी टि-२० अ. मा नेपालको सबैभन्दा राम्रो स्ट्राइक रेट भएका बलर भएका छन्। अर्थात् एउटा विकेट लिन करन सबैभन्दा कम बल खर्चिने नेपाली बलर बनेका छन्। करनले १४.४ को स्ट्राइक रेटले १९ खेलमा कुल ६०.१ ओभर ( ३६१ बल ) मा २५ विकेट लिएका छन्।

करन पछि सन्दिप लामिछानेको स्ट्राइक रेट रहेको छ जो करन भन्दा मात्र ०.१ ले पछाडी छन्। सन्दिपले १४ खेलमा २१ विकेट लिन १४.५ बल गर्दा एउटा विकेट लिने गर्छन्। बसन्त रेग्मीको १४.९ , जितेन्द्र मुखिया को १५.० तथा अविनाश बोहराको १७.१ स्ट्राइक रेट रहेको छ। सोमपाल कामिको स्ट्राइक रेट १९.६ रहेको छ।

८.  करनको व्यक्तिगत उत्कृस्ट र नेपालकै तेश्रो उत्कृस्ट स्पेल 

टि-२० अन्तर्राष्ट्रियमा एकै इनिंगमा ४ विकेट लिने करन केसी मात्र तेश्रो बलर बनेका छन्। बसन्त रेग्मी र अविनाश बोहरा बाहेक टि-२० अन्तर्राष्ट्रियमा हालसम्म नेपाली बलरले एकै खेलमा ४ विकेट लिन सकेका थिएनन्। स्पेलको आधारमा करनको ४-०-३६-४ स्पेल तेश्रो उत्कृस्ट हो। बसन्त रेग्मीले हंगकंग बिरुद्ध २०१५ विश्वकप छनौटमा ४ विकेट लिन मात्र १६ रन खर्चिएका थिए जुन हालसम्मकै उत्कृस्ट स्पेल हो। यस्तै दोश्रो सर्वोत्कृष्ट स्पेल अविनाश बोहराको हो जसले सिंगापुर बिरुद्ध यसै वर्ष जुलाईमा ४ विकेट लिन ३५ रन खर्चिएका थिए। यस अघि करनको उत्कृस्ट बलिंग स्पेल मलेसिया बिरुद्ध ४-०-२७-३ थियो।

९. करन वर्ष २०१९ मा चौथो धेरै विकेट लिने बलर , उछिने रासिद खानलाई 

वर्ष २०१९ मा कुल २० विकेट लिए संगै करन यो वर्ष धेरै विकेट लिने बलरको सुचीमा विश्वकै चौथो स्थानमा उक्लेका छन्। यस क्रममा उनले रासिद खान ( १७ विकेट ) लाई उछिनेका छन्। रासिदले मात्र ७ खेलमा उक्त विकेट लिएका हुन् भने करनले १३ खेलमा।

यो वर्ष धेरै विकेट लिने बलर भनुआटुका निपिको हुन् जसले १४ खेलमा २४ विकेट लिएका छन्। दोश्रो धेई कतारका इकबाल हुसेनले २२ विकेट लिएका छन्। तेश्रो स्थानमा नेपालका सन्दिप लामिछाने रहेका छन् जो करन भन्दा १ विकेटले अघि छन्। सन्दिपले १३ खेलमा २० विकेट लिएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy