बिराटनगर लगातार दोश्रो जित सहित शीर्षस्थानमा

क्विन्स ईभेण्ट म्यानेजमेन्टको आयोजनामा जारि वुमन्स प्रिमियर लिगको तेस्रो दिनको पहिलो खेलमा बिराटनगर टाइटन्सले जित निकालेको छ । उसले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्यो । (स्कोरकार्ड)

लगातार दोश्रो जित निकालेको बिराटनगर टाइटन्स ४ अंकसहित शीर्षस्थानमा रहेको छ । यस्तै लगातार २ खेलमा हार व्यहोरेको पोखरा भने अंक तालिकाको अन्तिममा छ । चितवन १ खेलमा जित सहित दोश्रो स्थानमा, काठमान्डौ २ खेलमा १ जित सहित तेस्रो स्थानमा रहंदा ललितपुरले १ खेलमा खाता खोलेको छैन । (अंकतालिका)

प्लेयर अफ द म्याच सबनम राइ

पोखरा पल्टनले दिएको ९५ रनको विजयी लक्ष्य पछ्याएको बिराटनगरले १५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । उसका लक्ष्मी चौधरीले सर्बाधिक २३ रन, ओपनर ज्योति पाण्डेले २२ रन र डोली भट्टले १२ रन बनाए । १९ रन अतिरिक्त पाउदा अस्मिना कर्माचार्यले अविजित १६ रन बनाईन । पोखराकी सिता राना मगरले २ विकेट र अनुराधा चौधरीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको पोखराले ५ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका कविता कुँवरले सर्बाधिक अविजित २२ रन, अन्जली चन्दले १९ रन, सिता राना मगरले १६ रन बनाए । बिराटनगरका सबनम राइले २ विकेट र सोनु खड्काले १ विकेट लिए ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]