पारस र सन्दिपले इमर्जिंग कप नखेल्ने

२०७६ कार्तिक १९, मंगलवार १४:३२

Paras Khadka, Sandeep Lamichhane

नेपाली राष्ट्रिय टिमका पुर्व-कप्तान पारस खड्का र लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेशमा आयोजना हुने एसीसी इमार्जिंग टिम्स एसिया कप नखेल्ने भएका हुन् ।

अलराउण्डर पारस र लेग स्पिनर सन्दिप आबद्द रहेको अबुधाबी टि-१० लिग र इमर्जिंग टिम्स एसिया कप जुधेपछी दुवै खेलाडीले टि-१० लिग रोजेका हुन्। पारस पहिलो पटक विदेशी लिग खेल्न छानिएका हुन् र टिम आबु धाबीको प्रतिनिधित्व गर्दैछन्। सन्दिप कर्नाटका टस्कर्सबाट खेल्नेछन्। सन्दिपले टि-१०लिग को अघिल्लो संस्करण पनि खेलेका थिए।

यस्तै क्यानले पनि दुवै खेलाडीलाई बिदेशी लिग खेल्नको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिइसकेको नयाँ पत्रिकाले लेखेको छ।

सन्दिप पहिलो पटक नेपालको खेल हुँदा विदेशी लिग खेल्नेछन्

‘हामीले इमार्जिंग कप खेल्ने निश्चित थिएन । दुवै खेलाडी टि१० लिगमा अनुबन्धन भईसकेपछि युएईले इमार्जिंग टिम्स कपबाट नाम फिर्ता लिएको हो । उसको स्थानमा नेपालले मौका पाएको छ ।’ क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नयाँ पत्रिकासंग भनेका छन् ।

‘राष्ट्रिय खेलाडीले टिमको कुनै तालिका नभएको अवस्थामा प्रशिक्षकको अनुमतिमा बिदेशी लिग खेल्न पाउछन ।’ उनले थपे।

सन्दिपले यस अघि ठुला विदेशी लिगको समयमा पनि नेपाली राष्ट्रिय टिमको खेल हुँदा नेपाली टिमनै रोज्ने गरेका थिए। पहिलो पटक राष्ट्रिय टिमको खेल हुँदा सन्दिप विदेशी लिग खेल्नेछन्। पारस पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्।

एसीसी इमर्जिंग टिम्स एसिया कप कार्तिक २८ गतेदेखि मङ्सिर ८ गतेसम्मको लागि तय भएको छ भने टि-१० लिग कार्तिक २८ देखि मङ्सिर ९ सम्मको लागि तय भएको छ ।

इमर्जिंग टिम्स एसिया कप प्रतियोगितामा नेपाल सहित टेस्ट राष्ट्र श्रीलंका, पाकिस्तान, भारत, अफगानिस्तान, बंगलादेश सहित ओमान, हंगकंग गरि कुल ८ टिम सहभागी हुनेछन्। सबै सहभागी टिमले १५ जनाको टिममा ११ जना खेलाडी २३ वर्ष मुनिको खेलाडी अनिवार्य राख्नु पर्नेछ भने ४ जना खेलाडी २३ वर्ष माथिको राख्न पाइनेछ। २३ वर्ष माथिको मात्र ३ जना खेलाडी मात्र अन्तिम-११ मा राख्न पाइनेछ।

नोभेम्बर १४ देखि २३ सम्म चल्ने प्रतियोगितामा अन्तर्गत नेपाल रहेको समुह ‘बि’ मा भारत, बंगलादेश र हंगकंग रहेका छन्। प्रतियोगिता ५० ओभरको हुनेछ जसले लिस्ट ‘ए’ मान्यता पाउनेछ।

नेपालले प्रतियोगिताको सुरुवात नोभेम्बर १४ मा भारतसंग खेल्दै गर्नेछ। त्यसपछि दोश्रो खेल नोभेम्बर १६ मा हंगकंगसंग तथा तेश्रो खेल नोभेम्बर १८ मा बंगलादेशसंग खेल्नेछ। समुह चरणको खेलपछि दुवै समुहबाट उत्कृस्ट-२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

गत वर्ष २०१८ मा पाकिस्तान र श्रीलंकामा आयोजना गरिएको इमर्जिङ्ग टिम्स कपमा नेपालले सहभागिताको मौका पाएको थिएन। टेस्ट राष्ट्र बाहेक हंगकंग, युएई र ओमानले उक्त प्रतियोगिता खेलेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy