‘बि एण्ड आर’ कप खेल्न यु-१९ महिला टिम चिन प्रस्थान

चिनमा नोभेम्बर ११ देखि सुरु हुने ‘बि एण्ड आर’ कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली अन्डर-१९ महिला राष्ट्रिय टिम चिन प्रस्थान गरेको छ। नेपाली टिमलाई नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले विदाई गर्नु भयो।

प्रतियोगितामा नेपाल लगायत आयोजक चिन, मलेसिया, म्यानमार, थाईल्याण्ड र साउदी अरब गरि कुल ६ टिमले सहभागिता जनाउने छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाईल्याण्डसंग नोभेम्बर ११ मा खेल्ने तालिका रहेको छ। दोश्रो खेल साउदी अरबसंग नोभेम्बर १२ मा तथा तेश्रो खेल सोहि दिन चिनसंग खेल्नेछ। यस्तै चौथो खेल मलेसियासंग १४ नोभेम्बरमा तथा पाँचौ र अन्तिम खेल म्यानमारसंग १५ नोभेम्बरमा खेल्नेछ।

टिमको प्रशिक्षक नेपाली राष्ट्रिय टिमका पुर्व खेलाडी समेत रहेकाकलाम अलि रहेका छन्।

यस्तो छ १४ सदस्यीय नेपाली टिम : डली भट्ट ( कप्तान ) , कविता कुँवर ( उपकप्तान ) , कृतिका मरासिनी , यसोधा बिस्ट, श्रिस्टि जैसी, राजमती ऐरि, इश्वरी बिस्ट, लक्ष्मी साउद, खुसि डंगोल, गोमा आले, ज्योति दनुवार, निग्मा तामांग, शिला रेग्मी, लाखिता राजबंशी

बैकल्पिक खेलाडी :- हेलिशा लामा गुरुङ , पेम लम्बु शेर्पा, मनिषा राना ,
प्रशिक्षक : कलाम अलि , व्यवस्थापक – अमृता पौडेल, फिजियो – सकुना दानी

नेपालको खेलतालिका 





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]