साग क्रिकेटमा भारत र पाकिस्तानले सहभागिता नजनाउने

२०७६ कार्तिक २३, शनिबार ०९:१८

मङ्सिर १५ देखि २४ गतेसम्म ( डिसेम्बर १-१० ) नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद ( साग ) को क्रिकेट खेलमा भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका छन्।

दुइ टेस्ट रास्ट्र नखेल्ने भए पछि अब नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स गरि ५ राष्ट्रले मात्र सहभागिता जनाउने आज कान्तिपुरले लेखेको छ।

उता अर्को टेस्ट राष्ट्र अफगानिस्तानले पनि सागमा सहभागिता जनाउने छैन। अफगानिस्तान ३ वर्ष अघि मध्ये एसियाली क्षेत्रमा सरेका कारण सहभागिता जनाउने इच्छा देखाएता पनि अनुमति नपाएको हो।

क्रिकेटको पुरुषतर्फको खेल टियु क्रिकेट मैदानमा तथा महिलातर्फको खेल पोखरामा आयोजना हुनेछ।

सागमा क्रिकेट अन्तिम पटक २०१० मा बंगलादेश सागमा समावेस गरिएको थियो। त्यसबेला नेपालले लिग चरणमा बंगलादेश, श्रीलंका र पाकिस्तानसंग सहजै  पराजित भएको थियो भने माल्दिभ्सलाई पराजित गरेको थियो।

कास्य पदकको लागि भएको खेलमा नेपाललाई पाकिस्तानले २ विकेटले पराजित गरेको थियो। खेलमा नेपालले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ८ विकेट गुमाएर १९.३ ओभरमा पुरा गरेको थियो। नेपालको लागि प्रदिप ऐरिले अविजित ४५ बलमा ५२ रन बनाएका थिए भने बलिङ्गमा चन्द्र साउदले २ विकेट लिएका थिए।

बंगलादेशले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै २०१० सागमा क्रिकेटतर्फको स्वर्णपदक जितेको थियो। श्रीलंकाले रजत र पाकिस्तानले कास्य पदक जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy