पवनको अर्धशतक , नेपालद्वारा भारतलाई १९४ रनको लक्ष्य

२०७६ कार्तिक २८, बिहीबार १२:३९

बंगलादेशमा आज देखि सुरु भएको एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भारतसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर भारतले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले ४४.५ ओभरमा १९३ रन बनाउदै भारतलाई १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओपनर  ज्ञानेन्द्र मल्ल पहिलो ओभरको दोश्रो बलमा खाता नखोली आउट भए पछि दोश्रो विकेटको रुपमा कुशल भुर्तेल र शरद भेसावकरले ५४ रनको साझेदारी गरे। नेपालको लागि डेब्यु गरेका भुर्तेल २८ रन बनाएर १८ औं ओभरमा आउट भए। त्यस लगत्तै आरिफ शेख मात्र २ रन बनाएर आउट हुँदा नेपाल ५८/३ को नाजुक स्थितिमा पुग्यो।

चौथो विकेटको लागि शरदले दिपेन्द्र ऐरिसंग ४४ रनको साझेदारी गरे। २४ रन बनाएका ऐरि २९ अँ ओभरमा आउट भए। लगत्तै ४४ रन बनाएर धैर्यता देखाएका शरद पनि आउट भए। शरदले ७६ बलमा १ चौका र १ छक्का प्रहार गरे।

सातौँ नम्बरमा ब्याटिंग गरेका पवन सर्राफले त्यसपछि इनिंग सम्हाले र एक किनारमा आक्रामक ब्याटिंग गरे। अर्को किनारमा भने ब्याट्सम्यानहरुले लगतार विकेट गुमाए। बिनोद भण्डारी ५, सोमपाल कामि २ रन बनाएर आउट भए।

१४५/७ को अवस्थाबाट करन केसीसंग पवनले ४१ रनको साझेदारी गरे। करन १६ बलमा १ चौका र १ छक्का प्रहार गरेपछि २० र बनाएर आउट भए। लगत्तै पवन सर्राफ पनि अर्धशतक पुरा गरेपछि आउट भए। सर्राफले ५६ रन बनाउने क्रममा ४९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। नेपालको लागि उनको यो पहिलो अर्धशतक हो।

भारतको बलिङ्गमा सौरभ दुबेले सर्वाधिक ४ विकेट ( ७.५-१-२६-४ ) लिए भने यश राथोडले ३ विकेट ( ७.३-०-४४-३ ) लिए। पार्थ रेखाडेले २ विकेट ( ३.३-०-५-२ ) लिए।

प्रतियोगितामा आयोजक बंगलादेश र नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, हंगकंग र ओमान गरि ८ टोलि सहभागी रहेका छन्। सबै टिमले अन्तिम-११ मा ८ जना २३ वर्ष मुनिको तथा ३ जना २३ वर्ष माथिको खेलाडी खेलाउनु पर्नेछ।

नेपाल रहेको समुह ‘बि’ मा भारत, हंगकंग र बंगलादेश रहेका छन्। यस्तै समुह ‘ए’ मा श्रीलंका, ओमान, पाकिस्तान र अफगानिस्तान रहेका छन्। समुह चरणको खेलपछि दुवै समुहबाट उत्कृस्ट-२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा नोभेम्बर १४ मा टेस्ट राष्ट्र भारतको सामना गर्दैछ। यस्तै त्यसपछि दोश्रो खेल नोभेम्बर १६ मा हंगकंगसंग तथा तेश्रो खेल नोभेम्बर १८ मा बंगलादेशसंग खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy