बि एण्ड आर कप : नेपाल मलेसियासंग पराजित

चिनमा सम्पन्न ‘बि एण्ड आर कप” महिला अन्डर-१९ टि-२० प्रतियोगिता अन्तर्गत नेपाल मलेसियासंग ५ विकेटले पराजित भएको छ।

प्रतियोगिताको पहिलो खेलमा थाईल्याण्डसंग २९ रनले पराजित भएको नेपालले दोश्रो खेलमा चिनलाई ८ विकेटले तथा तेश्रो खेलमा म्यानमारलाई ३५ रनले पराजित गरेको थियो।

सांघाईमा सम्पन्न खेलमा नेपालले पहिले ब्याटिंग गर्दै दिएको ११५ रनको लक्ष्य मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। पहिले ब्याटिंग गर्ने क्रममा नेपालले २० ओभरमा ४ विकेट गुमाएर ११४ रन बनाएको थियो। नेपालका लागि राजमती ऐरीले ३७ रन जोड्दा कविता कुँवर र लक्ष्मी साउदले समान १९–१९ रन जोडिन्।





थप समाचार

चार्ल्सको शतकमा नेपाल पराजित

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको […]

चार्ल्सको शतकमा नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज ए बाट २ सय […]

नेपालले टस हार्यो, रोहित बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

फ्रेजरलाई बाहिर राख्दै अस्ट्रेलियाको टोली घोषणा

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा अविश्वनिय प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई बाहिर राखेर आगामी जुनमा अमेरिका र […]

नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज तेस्रो खेल […]

विश्वकपका लागि अफगानी टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अफगानीस्तानको टोली घोषणा भएको छ […]