टि-१० लिग: ब्याटिङ्ग नपाएका पारसले बलिङ्गमा लिए विकेट

युएईमा जारि टि-१० लिग अन्तर्गत पारस खड्का सम्मिलित अबुधाबीले सन्दिप लामिछाने आबद्द कर्नाटक टस्कर्स बिरुद्द अन्तिम खेलमा ३२ रनको सान्त्वना जित निकालेको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको अबुधाबीले २ विकेट गुमाएर १२८ रन बनाएको थियो। उसका ओपनर ल्युक राइटले अविजित ५७ रन बनाउन ३० बलमा ४ चौका र त्यति नै छक्का प्रहार गरे। अर्का ओपनर अभिस्का फर्नान्डोलाई मात्र ३ रनमा गुमाएको अबुधाबीको लागि कप्तान मोईन अलि र राइटले ९० रनको साझेदारी गरेका थिए। अलिले ३५ रन बनाए।  वायन मड्सेनले ७ बलमा अविजित २० रन बनाए।

जवाफमा लक्ष्य पछ्याएको टस्कर्सले ६ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो। उसका कप्तान हसिम अमलाले १८ रन बनाउँदा रायन टेन डोसेटले १२ बलको सामना गर्दै अविजित ३२ रन बनाए।

प्रतियोगिता अन्तर्गत यस अघि लगातार ३ खेलमा अन्तिम-११ मा स्थान नपाएका पारस खड्काले अन्तिम खेलमा मौका पाउँदा सन्दिप लामिछानेलाई टिमले आराम दिएको थियो।

यसअघि नै सेमिफाइनलमा पुग्ने बाटो बन्द भईसकेका दुवै टिमबिचको खेललाई नेपालमा पारस र सन्दिपको प्रतिस्पर्धा  रुपमा लिईएको थियो। तर सन्दिपलाई आराम दिएपछि समर्थकको यो प्रतिस्पर्धा हेर्ने चाहना पुरा हुन सकेन। यस्तै पारस खड्काले समेत ब्याटिंग गर्ने मौका पाएनन्।

पारसले लिए एक विकेट 

प्रतियोगिताको सुरुवाती २ खेलमा मात्र ४ बलको सामना गरेका पारसले त्यसपछि ३ खेलमा बेन्चमा बसेपछि अन्तिम खेलमा ब्याटिंग गर्ने मौका समेत पाएनन्। तर अन्तिम खेलमा भने २ ओभर बलिङ्ग गरे। उनले खेलको सातौँ ओभर बलिङ्ग गर्दै १ छक्का सहित १३ रन खर्चे। सुरुवाती २ बलमा लगातार २/२ रन दिएका पारसले तेस्रो बलमा १ साफिकुल्लाहलाई १ रन दिए। चौथो बल रायन टेन डोसेटलाई डट राख्दा पाचौं बलमा छक्का प्रहार गरे। अन्तिम बलमा २ रन खर्चे।

त्यसपछी अन्तिम ओभरमा जितको लागि कर्नाटक लाई ५२ रन  आवश्यक रहेका बेला पारसले १ छक्का र २ चौका खर्चे भने अन्तिम बलमा १ विकेट समेत हात पारे। उनले अन्तिम बलमा अहमद राजालाई ह्याडेन वाल्सको हातबाट बाउन्ड्री लाइनमा क्याच गराउंदै प्रतियोगिताको सुखद अन्त्य गरे। पहिलो बलमा छक्का, दोश्रो बलमा १ रन , तेस्रो बलमा २ रन  खर्चेका पारसले चौथो र पाचौं बलमा लगातार दुई चौका खाएका थिए।  उनले समग्रमा ३० रन खर्चेर १ विकेट लिए।

यसअघि पारसले बिपक्षी टिमका कप्तान हसिम अमलालाई मोईन अलिले आउट गर्दा क्याच गरेका थिए। त्यस्तै पारसको बलिङ्गमा अन्तिम ओभरमा क्याच छुटेपछि चौका गएको थियो।

पारसले पहिलो खेलमा कलन्दर्स बिरुद्ध ३ बलमा अविजित ३ रन बनाएका थिए भने त्यसपछि नर्थर्न वारियर्स बिरुद्ध १ बलमा अविजित १ रन बनाएका थिए। दुवै खेलमा पारसलाई छैठौं नम्बरमा ब्याटिंग दिईएको थियो।

सन्दिपको प्रदर्शन यस्तो रह्यो 

प्रतियोगितामा सन्दिपले खेलेको ५ खेलमा कुल ६ विकेट लिए। पहिलो खेलमा दिल्ली बुल्ससंग १९ रन खर्चेर १ विकेट, दोश्रो खेलमा बाङ्ग्ला टाइगर्ससंग ९ रन खर्चेर २ विकेट, तेश्रो खेलमा ग्ल्याडीएटर्ससंग ३५ रन खर्चेर विकेटविहिन, चौथो खेलमा मार्थ अरबियन्ससंग २५ रन खर्चेर १ विकेट तथा पाँचौ खेलमा कलन्दर्स बिरुद्ध ३० रन खर्चेर २ विकेट लिएका थिए। अन्तिम खेलमा भने उनि प्लेयिंग एघारमा परेनन्।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]