इमर्जिङ्ग एसिया कप : बंगलादेशलाई पराजित गर्दै पाकिस्तानलाई उपाधि

बंगलादेशमा शनिवार सम्पन्न एसीसी इमर्जिङ्ग टिम्स एसिया कपको उपाधि पाकिस्तानले जितेको छ। पाकिस्तानले फाइनलमा आयोजक बंगलादेशलाई निराश पार्यो।

बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै तथा पाकिस्तानले सेमीफाइनल डिफेन्डिंग च्याम्पियन भारतलाई ३ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

ढाका स्थित शेरे बाङ्ग्ला स्टेडियममा सम्पन्न फाइनलमा टस हारेर पहिले ब्याटिंग गर्दै पाकिस्तानले दिएको ३०२ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४३.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो।

बंगलादेशको लागि अफिफ होसेनले सर्वाधिक ४९, नज्मुल शानटोले ४६ तथा महदि हसनले ४२ रन बनाए पनि जितको लागि पर्याप्त रहेन सकेन। पाकिस्तानको बलिङ्गमा मोहम्मद हसनैनले ३ तथा खुस्दिल शाह र सैफ बदरले २/२ विकेट लिए।

रोहेल नाजिरको शतक 

यस अघि पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३०१ रनको योगफल तयार गरेको थियो। उसको लागि तेश्रो नम्बरक ब्याट्सम्यान रोहेल नाजिरले शतक बनाउने क्रममा १११ बलमा ३ छक्का र १२ चौका प्रहार गरेका थिए। यस्तै इमरान रफिकले ६२, साउद शकिलले ४२ रन बनाए। रोहेल र इमरानले तेश्रो विकेटको लागि महत्वपूर्ण ११७ रनको साझेदारी गरेका थिए। बंगलादेशको बलिङ्गमा सुमोन खानले ३ तथा हसन महमुदले २ विकेट लिएका थिए।

प्रतियोगिता आयोजक बंगलादेश सहित, नेपाल, हंगकंग, पाकिस्तान, अफगानिस्तान, भारत, श्रीलंका र ओमान गरि ८ टिम सहभागी रहेका थिए।

समुह ‘बि’ अन्तर्गत रहेको नेपाल समुह चरणमा भारत र बंगलादेशसंग पराजित भए पछि समुह चरणबाट बाहिरिएको थियो। नेपालले हंगकंगलाई ४० रनले पराजित गरेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]