“शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ” सन्दिप

२०७६ मंसिर ११, बुधबार १३:१५

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछानेले यसै साता सोमबार आँखाको लेजर शल्यक्रिया गराएपछि आफ्नो भिजनमा सुधार आएको बताएका छन्।

दुवै आँखाको शल्यक्रिया पश्चात २ देखि ३ हफ्ता सम्म आराम गर्नु पर्ने हुनाले सन्दिपले दक्षिण एसियाली खेलकुद खेल्न सक्ने छैनन्। सन्दिपको स्थानमा टिममा रोहित पौडेललाई मौका दिईएको छ।

शल्यक्रियापछि स्वास्थ्यखबरसंग कुराकानी गर्ने क्रममा सन्दिपले आफु सन्तुस्ट भएको प्रतिक्रिया दिएका हुन् –

‘टाढाको वस्तु देख्न समस्या भएपछि चश्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ। विदेशमा पनि बुझेको थिएँ तर आफ्नै देशमा गर्ने सोच भएकोले यहाँ गराए । म एकदमै खुशी तथा सन्तुष्ट छु। शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ।’

तिलगंगा आँखा अस्पतालका रिफ्र्याक्टिभ सर्जन डा शाश्वत ढुंगेलले सन्दिपको सर्जरी गरेका हुन्। ढुंगेलका अनुसार सन्दिपले गरेको लेजर सर्जरी नयाँ पद्धति हो। यो पद्धति पछि आँखाको सुक्खापन कम भइ घाउ समेत छिटो पुरिन्छ। ‘यो सर्जरी माइनस ०.५ देखि माइनस १४ सम्मको पावर भएकालाइ गरिन्छ’ ढुंगेलले बताए। यो पद्धतिबाट शल्यक्रिया गर्दा विदेशमा अझ महँगो पर्ने र नेपालमा तुलनात्मक रुपमा सस्तो पर्नेगर्छ।

(  फिचर फोटो – खबरहब )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy