साग क्रिकेट : अभ्यास खेलमा नेपाल ‘ए’ संग माल्दिभ्स पराजित

दक्षिण एसियाली खेलकुद ( साग ) सुरु हुनु अघि खेलीएको अभ्यास खेलमा माल्दिभ्स राष्ट्रिय क्रिकेट टिमलाई नेपालको ‘ए’ टिमले ४९ रनले पराजित गरेको छ।

मुलपानी मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो।

नेपालको बलिंगमा नन्दन यादब र आकाश चन्दले समान २/२ विकेट लिए। यस्तै मन्जित श्रेष्ठ र शेर मल्लले समान १/१ विकेट लिए।

यु-१९ राष्ट्रिय क्रिकेटर आकाश चन्दले २ विकेट लिए ( फाइल फोटो )

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो।

नेपालको लागि भिम शार्कीले सर्वाधिक ३३ रनको योगदान दिए। यस्तै अमित श्रेष्ठले २९, रित गौतमले २५, सुबास खकुरेलले २० तथा दिलिप नाथले १८ रन बनाए। शेर मल्लले अविजित ७ तथा आकाश चन्दले अविजित ४ रन बनाए।

माल्दिभ्स क्रिकेट टिम
माल्दिभ्स क्रिकेट टिम

सागको पुरुष क्रिकेट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल डिसेम्बर ३ मा श्रीलंका अन्डर-२३ टिमसंग खेल्दैछ।

भारत र पाकिस्तान सहभागी नभए पछि साग क्रिकेटतर्फ आयोजक नेपाल सहित, श्रीलंका यु-२३, बंगलादेश यु-२३, माल्दिभ्स र भुटान गरि ५ टिम सहभागी रहेका छन्। सबै ५ टिमले एक अर्का बिरुद्ध खेलेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिमले स्वर्ण पदकको लागि खेल्नेछन्। यस्तै तेश्रो र चौथो हुने टिमले रजत पदकको लागि खेल्नेछ।

नेपालले पहिलो खेल श्रीलंका यु-२३ संग डिसेम्बर ३ मा, दोश्रो खेल भुटानसंग डिसेम्बर ५ मा, तेश्रो खेल माल्दिभ्ससंग डिसेम्बर ६ मा तथा चौथो खेल बंगलादेशसंग डिसेम्बर ७ मा खेल्नेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]