सुबास, सुनिल र तिलक चम्किदा, तेश्रो खेलमा पनि माल्दिभ्स पराजित

२०७६ मंसिर १४, शनिबार १६:४१

 फिचर फोटो – सुनिल धमला  फाइल तस्बिर  ) 

१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अघि नेपाल ‘ए’ संगको तेश्रो अभ्यास खेलमा माल्दिभ्स क्रिकेट टिम ८ विकेटले पराजित भएको छ।

माल्दिभ्सले तिन वटै अभ्यास खेलमा हार बेहोर्यो। पहिलो खेलमा ४९ रनले, दोश्रो खेलमा १०७ रनले तथा तेश्रो खेलमा माल्दिभ्स ८ विकेटले पराजित भएको थियो।

मुलपानी मैदानमा सम्पन्न तेश्रो खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै माल्दिभ्सले दिएको ११३ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १३.१ ओभरमै पुरा गर्यो।

नेपालको जितमा सुनिल धमलाले अविजित सर्वाधिक ४१ तथा सुबास खकुरेलले अविजित ३६ रन बनाए। धमलाले ३२ बलमा ३ चौका र २ छक्का तथा खकुरेलले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस अघि ओपनर रित गौतम २४ ( १८ बलमा ३ चौका ) तथा  बिशाल केसी खाता नखोली आउट भएका थिए।

सुबास खकुरेल र सुनिल धमलाले तेश्रो विकेटको लागि ८३ रन जोडे ( फाइल तस्बिर )

पहिलो २ विकेट विकेट गुम्दा पाँचौ ओभरमा ३०/२ को अवस्थामा पुगेको नेपाललाई त्यसपछि सुबास खकुरेल र सुनिल धमलाले अविजित साझेदारी गर्दै जितसम्म पुर्याएका थिए। दुवैले तेश्रो विकेटको लागि ८३ रनको साझेदारी गरे।

माल्दिभ्सको लागि दुवै विकेट हसन इब्राहिमले लिए। ४ ओभरमा उनले १ मेडन गर्दै १८ रन खर्चिए। स्कोरकार्ड 

तिलकको उत्कृस्ट बलिंग 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन बनाएको थियो।

माल्दिभ्सको लागि एहमद हसनले सर्वाधिक १९ रन बनाए। मोहम्मद रिश्वानले १२ रन बनाए भने हसन इब्राहिमले अविजित १७ रन बनाए।

नेपाल ‘ए’ को बलिंगमा यु-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका तिब्र गति बलर तिलक राज भण्डारीले उत्कृस्ट बलिंग गर्दै ३ विकेट लिए। तिलकले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ११ रन खर्चिए। यस्तै अर्का तिब्र गति बलर बिक्रम सोबले २ विकेट लिंदा आकाश चन्द, शेर मल्ल र राहुल प्रताप सिंहले १/१ विकेट लिए। राहुलले ४ ओभरमा ४६ रन खर्चिए।

Tilak Raj Bhandari ( File Photo )

दक्षिण एसियाली खेलकुद अन्तर्गत माल्दिभ्सले आफ्नो पहिलो खेल बंगलादेशसंग डिसेम्बर ४ तारिकमा खेल्नेछ। नेपालले डिसेम्बर ३ मा श्रीलंका यु-२३ संग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

भारत र पाकिस्तान सहभागी नभए पछि साग क्रिकेटतर्फ आयोजक नेपाल सहित, श्रीलंका यु-२३, बंगलादेश यु-२३, माल्दिभ्स र भुटान गरि ५ टिम सहभागी रहेका छन्। सबै ५ टिमले एक अर्का बिरुद्ध खेलेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिमले स्वर्ण पदकको लागि खेल्नेछन्। यस्तै तेश्रो र चौथो हुने टिमले रजत पदकको लागि खेल्नेछ।

नेपालले पहिलो खेल श्रीलंका यु-२३ संग डिसेम्बर ३ मा, दोश्रो खेल भुटानसंग डिसेम्बर ५ मा, तेश्रो खेल माल्दिभ्ससंग डिसेम्बर ६ मा तथा चौथो खेल बंगलादेशसंग डिसेम्बर ७ मा खेल्नेछ। श्रीलंकासंगको खेल ११ बजे, भुटानसंग ९ बजे, माल्दिभ्ससंग १ बजे तथा बंगलादेशसंग ११ बजे सुरु हुनेछ। कास्य पदकको लागि र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

डिसेम्बर ९ ( मङ्सिर २३ ) मा कास्य पदकको लागि अंकतालिकामा तेश्रो र चौथो हुने टिमबीच खेल हुनेछ भने स्वर्ण पदकको लागि फाइनल खेल डिसेम्बर १० ( मङ्सिर २४ ) मा खेलिनेछ।

सागको लागि नेपाली पुरुष टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy