साग क्रिकेट : श्रीलंका र बंगलादेशको विशाल जित, नेपाल, भुटान र माल्दिभ्स कमजोर

२०७६ मंसिर १८, बुधबार १९:३०

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार काठमाडौँ र पोखरामा पुरुष र महिला क्रिकेट गरि ४ वटा खेलहरु सम्पन्न भए।

पुरुष क्रिकेट अन्तर्गत काठमाडौँमा सम्पन्न २ वटा खेलमा बंगलादेश यु-२३ले माल्दिभ्सलाई १०९ रनले तथा श्रीलंका यु-२३ ले भुटानलाई १७३ रनको विशाल अन्तरले पराजित गर्यो। यस्तै पोखरामा सम्पन्न महिला क्रिकेटमा बंगलादेशले नेपाललाई १० विकेटले तथा श्रीलंकाले माल्दिभ्सलाई २४९ रनले पराजित गर्यो।

श्रीलंकाको कीर्तिमानी जित 

महिला क्रिकेट अन्तर्गत श्रीलंकाले माल्दिभ्सलाई २४९ रनले पराजित गर्दै महिला टि-२० अन्तर्राष्ट्रिय इतिहासकै तेश्रो सबैभन्दा ठुलो अन्तरको जित दर्ता गर्यो।

टस जितेर माल्दिभ्सले श्रीलंकालाई ब्याटिंगको निम्तो दिएपछि श्रीलंकाले २० ओभरमा २ विकेट गुमाएर २७९ रन बनाएको थियो। २७९ रनको योगफल महिला टि-२० अन्तर्राष्ट्रियमा तेश्रो ठुलो योगफल हो। २८० रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १४.५ ओभरमा ३० रनमै समेटिन पुग्यो।

श्रीलंकाको लागि प्लेयर अफ द म्याच चुनिएकि कप्तान हर्शिता मधभीले सर्वाधिक १०६ रन बनाईन्। उनले ४७ बलमा १५ चौका र ३ छक्का प्रहार गरिन्। यस्तै सथ्या संदिपानीले अविजित ९६ रन बनाईनं जुन क्रममा ४८ बलमा ११ चौका र ३ छक्का प्रहार गरिन्।

नेपाल सहजै पराजित 

पोखरामा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपाली महिला टिमले ५० रनमै सम्पूर्ण विकेट गुमाउन पुगेपछि ५१ रनको लक्ष्य बंगलादेशले ७.४ ओभरमा विकेट नगुमाई पुरा गर्यो। नेपालको लागि रुबिना क्षेत्रीले १३, सोनु खड्काले १२ तथा इन्दु बर्माले १० रन बनाइन्। बंगलादेश बलर रबेया खानले ४ विकेट हात पारिन्।

अंकतालिका ( महिला क्रिकेट ) 

श्रीलंकासंग भुटान निरिह 

पुरुष क्रिकेट अन्तर्गत टियु मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर २४८ रन बनायो। लक्ष्य पछ्याउने क्रममा भुटानले १८.४ ओभरमा सबै विकेट गुमाएर ७५ रन मात्रै बनाउन सक्यो। श्रीलंकाको लागि पाथुम निस्संकाले सर्वाधिक ७६ तथा निशान मदुस्काले ६५ रन बनाए भने बलिंगमा सचिन्दु कोलोम्बागे र जेहान ड्यानियलले समान २/२ विकेट लिए। बंगलादेशको लागि रंजंग दोर्जीले २२ र सोनाम टोबगेले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

माल्दिभ्स बिरुद्ध बंगलादेशको सहज जित 

टस जितेर ब्याटिंग गरेको बंगलादेशले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १९.२ ओभरमा ६५ रन मात्र बनाउन सक्यो। बंगलादेशको लागि नज्मुल हुसेनले ४९, सौम्य सरकारले ४६ रन बनाए भने बलिंगमा तन्भिर इश्लामले ५ विकेट लिए। माल्दिभ्सको लागि अलि इभानले १२ तथा एहमद हसनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अंकतालिका ( पुरुष क्रिकेट )

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy