७ बलमै नेपालले जित्यो खेल, महिला क्रिकेटमा नेपाललाई कास्य

२०७६ मंसिर २१, शनिबार १६:५६

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।

शनिअर पोखरा क्रिकेट मैदानमा कास्य पदकको लागि भएको खेलमा माल्दिभ्सलाई १० विकेटले परजित गर्दै कास्य पदक पक्का गरेको हो।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको माल्दिभ्सले दिएको ९ रनको लक्ष्य नेपालले १.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो। काजल श्रेष्ठले अविजित २ तथा रोमा थापाले अविजित ४ रन बनाईन्।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा माल्दिभ्सले ११.१ ओभरमा ८ रनमै सबै विकेट गुमाएको थियो। माल्दिभ्सको १ जान बाहेक कुनै पनि ब्याट्सउमनले बाहेक सबैले खाता खोल्न सकेनन्। ओपनर आइम ऐशाथले १ रन बनाउनु बाहेक अन्य ७ रन नेपालले अतिरिक्त रन वाइड मार्फत दिएको थियो।

अन्जली चन्दले ४ विकेट हात पारिन्

नेपालको बलिंगमा देब्रे हाते स्पिनर अन्जली चन्दले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३ मदन ओभर गर्दै मात्र १ रन खर्चिए। अन्जलीले यस अघि माल्दिभ्ससंगनै पहिलो खेलमा ६ विकेट लिएकि थिईन् भने श्रीलंकासंग १ विकेट लिएकी थिईन्। उको कुल विकेट संख्या ४ खेलमा ११ पुगेको छ।

यस्तै सिता राना मगरले २ विकेट तथा शान्ति खतिवडा र करुना भण्डारीले समान १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले लिग चरणमा माल्दिभ्सलाई पराजित गरेको थियो भने बंगलादेश र श्रीलंकासंग भने हार बेहोरेको थियो।

साग महिला क्रिकेटको स्वर्ण पदकको लागि आइतबार बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy