७ बलमै नेपालले जित्यो खेल, महिला क्रिकेटमा नेपाललाई कास्य

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।

शनिअर पोखरा क्रिकेट मैदानमा कास्य पदकको लागि भएको खेलमा माल्दिभ्सलाई १० विकेटले परजित गर्दै कास्य पदक पक्का गरेको हो।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको माल्दिभ्सले दिएको ९ रनको लक्ष्य नेपालले १.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो। काजल श्रेष्ठले अविजित २ तथा रोमा थापाले अविजित ४ रन बनाईन्।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा माल्दिभ्सले ११.१ ओभरमा ८ रनमै सबै विकेट गुमाएको थियो। माल्दिभ्सको १ जान बाहेक कुनै पनि ब्याट्सउमनले बाहेक सबैले खाता खोल्न सकेनन्। ओपनर आइम ऐशाथले १ रन बनाउनु बाहेक अन्य ७ रन नेपालले अतिरिक्त रन वाइड मार्फत दिएको थियो।

अन्जली चन्दले ४ विकेट हात पारिन्

नेपालको बलिंगमा देब्रे हाते स्पिनर अन्जली चन्दले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३ मदन ओभर गर्दै मात्र १ रन खर्चिए। अन्जलीले यस अघि माल्दिभ्ससंगनै पहिलो खेलमा ६ विकेट लिएकि थिईन् भने श्रीलंकासंग १ विकेट लिएकी थिईन्। उको कुल विकेट संख्या ४ खेलमा ११ पुगेको छ।

यस्तै सिता राना मगरले २ विकेट तथा शान्ति खतिवडा र करुना भण्डारीले समान १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले लिग चरणमा माल्दिभ्सलाई पराजित गरेको थियो भने बंगलादेश र श्रीलंकासंग भने हार बेहोरेको थियो।

साग महिला क्रिकेटको स्वर्ण पदकको लागि आइतबार बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]