पिपिएल दोश्रो दिन : दुई ऐरी कप्तानीको धनगढी र बिराटनगर बीच प्रतिस्पर्धा

२०७६ मंसिर ३०, सोमबार ०७:२७

पोखरा, पोखरा प्रिमिएर लिग ( पिपिएल टि-२० )  को दोस्रो संस्करण अन्तर्गत सोमबार दोस्रो दिन दुई खेल हुँदैछन् । आइतबार सम्पन्न उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारियर्सलाई पराजित गरेको थियो। सोमबार पहिलो खेलमा ९ बजे धनगढी ब्लुज र बिराटनगर टाईटन्स तथा दोश्रो खेलमा १२:४५ बजे काठमाडौँ गोल्डेन वारियर्स र बुटवल ब्लास्टर्सले प्रतिस्पर्धा गर्नेछन्।

धनगढी ब्लुज VS विराटनगर टाइटन्स

पोखरा क्रिकट रङ्गशालामा आज हुने पहिलो खेलमा धनगढी ब्लुज र विराटनगर टाइटान्सले प्रतिस्पर्धा गर्नेछन्। धनगढी र विराटनगर बिचको पहिलो खेल आज ९ बजे सूरु हुनेछ।

राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढीले प्रदीप ऐरीको कप्तानीमा रहेको विराटनगरलाई हराउँदै प्रतियोगिताको सुरुवात गर्न चाहन्छ। गत सिजन शिर्ष ४ टिमको जित ३ वटा भएता पनि नेट रन रेटमा पछि पर्दा धनगढी चौथो स्थानमा रहेपछि प्ले-अफ पुग्न असफल रहेको थियो। सो पिंडालाई भुलाउने प्रयासमा धनगढी हुनेछ।

गत सिजन पिपिएलमा धेरै रन बनाउने सुचीमा ५ खेलमा १८९ रन सहित पाँचौ तथा नेपाली खेलाडी मध्ये पहिलो स्थानमा रहेका ऐरीले यो पटक पनि सोहि फर्म दोहोर्याउन चाहनेछन्।

धनगढी टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेको छ। ब्याटिंगमा सन्दिप सुनार, सन्दिप जोरा, सुनम गौतम, सौरभ खनाल, तथा बलिंगमा रोबिन क्षेत्री कमल सिंह ऐरी, सागर ढकाल, अनिल खरेल जस्ता खेलाडीहरु रहेका छन्। टिममा रहेका खेलाडीहरुमा अनुभवको कमि स्पस्ट देखिन्छ। अस्ट्रेलियाको घरेलु क्रिकेटमा जमीसकेका क्रिकेटर सुनम गौतम एकपटक फेरी नेपाली घरेलु क्रिकेटमा सफल हुने प्रयास गर्नेछन्।

विदेशी खेलाडीको कुरा गर्दा धग्नाधिले अमित यादव , श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमसलाई भित्र्याएको छ। दायाँ हाते ब्याट्सम्यान अमितसंग आईपीएल टिम पन्जाबको लागि खेलेको अनुभव छ। २०१२ को आईपिएल स्पट फिक्सिंगमा दोषी पाइएका अमितलाई क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको थियो। २०१३/१४ सिजनमा उनले कम्ब्याक गरेका थिए। क्यानडाका रोड्रीगो थोमस देब्रे हाते ब्याट्सम्यान हुन्। थोमसले ८ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। २०१८ को डिभिजन-२ मा करन केसीले चमत्कारिक ब्याटिंग गर्दा क्यानडा बिरुद्ध नेपाल १ रनले विजयी हुँदा उक्त खेलमा क्यानडाको तर्फबाट शतक बनाएका श्रीमंथा विजयरत्ने पनि टिममा रहेका छन्।

धनगढी ब्लुज टिम :- दीपेन्द्र सिंह ऐरी (कप्तान), मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम, अनिल खरेल, विदेशी खेलाडी -अमित यादव (भारत), श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस

विराटनगर टाईटन्सको टिम यो पटक सन्दिप लामिछाने नखेल्ने भएपछि प्रदिप ऐरीको कप्तानीमा खेल्नेछ। अघिल्लो सिजन पांच खेलमा मात्र १ जित दर्ता गर्न सकेको बिराटनगर यो पटक बिपरित प्रदर्शन गर्ने सोचमा छ।

टिममा ब्याटिंगतर्फ कप्तान ऐरी सहित सुनिल धमला, दिलिप नाथ, राजेश पुलामी, पुष्प थापा, राजु रिजाल, लोकेश बम तथा बलिंगमा दिपेश श्रेष्ठ , शाहब आलम, किशोर महतो रहेका छन्।

विदेशी खेलाडीमा अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका पाकिस्तानका मोहम्मद जैद आलम टिममा रहेका छन् भने भारतीय पुनित मेहरा तथा अर्का पाकिस्तानी खेलाडी नौमन खान टिममा रहेका छन्। पाकिस्तान यु-१९ क्रिकेटर रहीसकेका जैद ब्याटिंग तथा तिब्र गति बलिङ्ग पनि गर्न सक्छन्। यस्तै नेपाली घरेलु क्रिकेटको अनुभव भएका पुनित ब्याटिंग तथा देब्रे हाते बलिंग समेत गर्न सक्छन्। यस्तै नौमन खान ब्याटिंग तथा अफ स्पिन बलिंग गर्नेगर्छन्।

बिराटनगर टाईटन्स टिम – प्रदिप ऐरी ( कप्तान ), दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया , राजेश पुलामी , किशोर महतो , पुष्प थापा , प्रदिप ऐरि , राजु रिजाल  , सुनिल धमला , दिलिप नाथ, लोकेश बम, विदेशी खेलाडीहरु – पुनित मेहरा, मोहम्मद जायद आलम, नौमन खान

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy