काठमाडौँको विशाल जितमा ज्ञानेन्द्रको विस्फोटक शतक

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत चौथो दिन सम्पन्न पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको छ।

यस अघि पहिलो २ खेलमा पोखरा राइनोज र बुटवल ब्लास्टर्ससंग पराजित भएको काठमाडौँको यो पहिलो जित यो। अघिल्लो खेलमा बिराटनगर टाईटन्सलाई पराजित गरेको धनगढीको यो दोश्रो खेल खेल्दा पहिलो हार हो।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा खराब मौसमका कारण करिब १ घण्टा ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याइएको थियो। टस हारेर ब्याटिंग गरेको काठमाडौँले १७ ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाउदै १८६ रनको लक्ष्य दिएको थियो।

लक्ष्य पछ्याउने क्रममा धनगढीले १६ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो। धनगढीको लागि रोड्रीगो थोमसले १० तथा श्रीमंथा विजयरत्नेले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सन्दिप सुनार खाता नखोली आउट भए भएन कप्तान दिपेन्द्र ऐरी ८, सन्दिप जोरा ७, अमित यादभ ३, सौरभ खानल ९ रन बनाएर आउट भए।

धनगढीलाई सस्तोमा समेट्न काठमाडौँका देब्रे हाते स्पिनर बसन्त रेग्मीले सर्वाधिक ३ विकेट ( ४-१-१७-३ ) तथा सुबोध भाटी र पवन सर्राफले समान २/२ विकेट लिए। अमृत भट्टराई र सुशन भारिले १/१ विकेट लिए।

Gyanendra Malla

 

यस अघि काठमाडौँले पहिलो इनिंगमा १७ ओभरमा ५ विकेट गुमाएर १८५ रनको योगफल तयार गरेको थियो।

काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा १०० रन बनाए। उनले मात्र ३८ बलमा ८ चौका र ९ छक्का प्रहार गरे। यस्तै जयकिशन कोल्सावालाले ४६ तथा अमित श्रेष्ठले ३४ रन बनाए।

Gyanendra Malla Century

काठमाडौँका ओपनर गौरभ तोमर खाता नखोली पहिलो ओभरमा कमल सिंह ऐरीबाट आउट भएपछि दोश्रो विकेटको लागि जयकिशन कोल्सावाला र अमित श्रेष्ठले ५० रनको साझेदारी गरेका थिए। अमित सातौँ ओभरमा आउट भएपछि तेश्रो विकेटको लागि कोल्सावाला र ज्ञानेन्द्र मल्ल बीच ९.४ ओभरमा १३१ रनको साझेदारी भएको थियो।

१७ औं ओभरमा कोल्सावाला , मल्ल र सुबोध भाटी गरि कमलले ३ विकेट लिएका थिए।

धनगढीको बलिंगमा कमल सिंह ऐरीले ४ विकेट लिने क्रममा ४ ओभरमा ३७ रन खर्चिए। सागर ढकालले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच ज्ञानेन्द्र मल्ल चुनिए।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]