बुटवल बिरुद्ध बिराटनगरलाई गर या मरको स्थिति

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुधबार बुटवल ब्लास्टर्स र बिराटनगर टाईटन्सले प्रतिस्पर्धा गर्दैछन्। खेल ११:३० बजे पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सुरु हुनेछ।

यस अघिनै ४ खेलमा ३ जित र १ हार बेहोरेको बुटवल ६ अंक बटुल्दै अंकतालिकाको दोश्रो स्थानमा सुरक्षित रहेकोले इलिमीनेटरको लागि छनौट भैसकेको छ। अर्कोतर्फ बिराटनगर ४ खेलमा १ जित र ३ हार बेहोर्दा २ अंक सहित पाँचौ स्थानमा रहेको छ। पाँचौ स्थानमा रहेता पनि तेश्रो स्थानमा रहेको काठमाडौँ र चौथो स्थानमा रहेको धनगढी ब्लुजको समान ४/४ अंक रहेकोले बिराटनगरले बुटवललाई पराजित गरेमा बुटवल इलिमीनेटरको लागि छनौट हुने सम्भावना जिवितै छ।

यदी बिराटनगरले बुटवललाई पराजित गरेको खण्डमा काठमाडौँसंग अंक बराबरी गर्नेछ। ४/४ अंक भएमा नेट रन रेटको आधारमा काठमाडौँ र बिराटनगरबाट इलिमीनेटरमा पुग्ने टिमको फैसला हुनेछ। ४ अंकनै रहेपनि धनगढीको नेट रन रेट काठमाडौँको भन्दा कम रहेकोले धनगढी दोश्रो चरण पुग्न असफल भैसकेको छ।

बिराटनगरको नेट रन रेट -०.१७५ रहेको छ भने काठमाडौँको ०.३९ रहेको छ। नेट रन रेटमा धेरै अन्तर नरहेकोले बिराटनगरले आज थोरै अन्तरले जितेको खण्डमा पनि काठमाडौँलाई नेट रन रेटमा पछि पार्न सक्नेछ।

 प्रतियोगितामा बिराटनगर टाईटनसको प्रदर्शन 

बिरुद्ध धनगढी ब्लुज – ५ रनले पराजित ( धनगढी ११७/८ , बिराटनगर ११२/९ )
बिरुद्ध पोखरा पल्टन – ४५ रनले विजयी ( बिराटनगर १४५/५ , पोखरा १०० )
बिरुद्ध काठमाडौँ गोल्डेन वारियर्स – ३६ रनले पराजित ( काठमाडौँ १५९/५ , बिराटनगर १२३ )
बिरुद्ध चितवन राइनोज – १८ रनले पराजित ( चितवन १४६/४ , बिराटनगर १२८ )

बिराटनगरको लयमा रहेका खेलाडी : बिराटनगरका विदेशी खेलाडी भारतीय पुनित मेहरा राम्रो लयमा रहेका छन्। मेहराले पोखरा बिरुद्धको जितमा २६ बलमा ६१ रन बनाउदै नायक बनेका थिए। यस्तै काठमाडौँ बिरुद्ध ३१ बलमा ५३ रन बनाएका थिए। देब्रे हाते स्पिनर मेहराले निकै किफायती बलिंग गरिरहेका छन् र ४ खेलमा ५ विकेट लिने क्रममा मात्र ३.४६ प्रतिओभर रन खर्चेका छन् जुन प्रतियोगिताकै सबैभन्दा किफायती बलिंग हो। प्रतियोगितामा बलिंग गरेका ४८ जना बलरले प्रतिओभर ४ भन्दा बढी रन खर्चिएका छन्।

चितवन राइनोज बिरुद्ध मात्र ३६ बलमा ५ छक्का र ५ चौका मद्दतले ६२ रन बनाउदै युवा खेलाडी लोकेश बमले पनि आफुलाई उत्कृस्ट सावित गरेका छन्। प्रतियोगितामा २ खेलमा मात्र मौका पाएका बमको फर्म बुटवल बिरुद्ध महत्वपूर्ण हुनेछ।

Puneet Mehra

 

सुनिल धमला, राजु रिजाल, कप्तान दिप ऐरी, मोहम्मद जैद आलम, नोमन खान जस्ता ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न नसक्नु बिराटनगरको हारको कारण बनिरहेको छ। तुलनात्मक रुपमा बलिंगमा किशोर महतो, शाहब आलम, पुनित मेहरा, मोहम्मद जैद आलम, जितेन्लेद्र मुखियाले राम्रो प्रदर्शन गरिरहेका छन्।

टिम बिराटनगर टाईटन्स – प्रदिप ऐरी ( कप्तान ), दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया , राजेश पुलामी , किशोर महतो , पुष्प थापा , राजु रिजाल , दिलिप नाथ, सुनिल धमला , लोकेश बम, विदेशी खेलाडीहरु – पुनित मेहरा, मोहम्मद जायद आलम, नोमन खान

प्रतियोगितामा बुटवल ब्लास्टर्सको प्रदर्शन 

बिरुद्ध काठमाडौँ गोल्डेन वारियर्स – सुपर ओभरमा विजयी ( काठमाडौँ १४०/६, बुटवल १४०/७ )
बिरुद्ध चितवन राइनोज – ११९ रनले पराजित ( चितवन २०३/३  बुटवल ८४ )
बिरुद्ध पोखरा पल्टन – ८ विकेटले विजयी ( पोखरा १२१/५ , बुटवल १२३/२ )
बिरुद्ध धनगढी ब्लुज – ७ विकेटले विजयी ( धनगढी १४०, बुटवल १४१/३ )

बुटवलको लयमा रहेका खेलाडी : बुटवलका विदेशी खेलाडी भारतीय अफ्ताबुद्दीन एहमद बुटवलको जितमा अहम योगदान गर्दै आएका छन्। ओपनिंग ब्याट्सम्यान एहमदले पोखरा बिरुद्ध जितमा ४६ बलमा ७५ रन तथा धनगढी बिरुद्ध जितमा २३ बलमा ५२ रन बनाएका थिए। धनगढी बिरुद्ध उनले ७ छक्का प्रहार गरेका थिए।

यस्तै बुटवलको बलिंगमा अविनाश बोहराले पनि अहम योगदान दिंदै आएका छन्। काठमाडौँ बिरुद्ध जितमा सुपर ओभरमा मात्र २ रन खर्चिएका बोहराले त्यसपछि धनगढी बिरुद्धको जितमा २६ रन दिएर ४ विकेट लिएका थिए। ४ खेलमा उनले ६ विकेट लिएका छन्।

Aftabuddin Ahmad

टिमको अन्य विदेशी खेलाडी हर्ष टोन्क र शिभम सिंहको प्रदर्शन पनि ठिकै रहेको छ। विकेटकिपर सिंहले काठमाडौँ बिरुद्ध अविजित ३३ रन बनाउदै जितमा अहम योगदान दिएका थिए। उनले चितवन बिरुद्ध ३३ तथा धनगढी बिरुद्ध अविजित १५ रन बनाएका थिए। यस्तै हर्षले काठमाडौँ बिरुद्ध ४५ रन तथा धनगढी बिरुद्ध ४० रन बनाएका थिए। उनले पोखरा बिरुद्ध बलिंगमा समेत २ विकेट लिएका थिए।

शंकर राना, भिम शार्की, हरि बहादुर चौहान जस्ता नेपाली ब्याट्सम्यानहरुहरुले उल्लेख्य प्रदर्शन गर्न नसक्नु टिमको कमजोर पक्ष बनेको छ। बलिंगमा ललित भण्डारी, बिपिन खत्री, नितेश थापा, हरिबहादुर चौहानको प्रदर्शन पनि उच्च कोटीको देखिएको छैन। कप्तान सोमपालले फिट नहुँदा १ खेलमा मात्र बलिंग गर्न सकेका छन् भने ब्याटिंगमा पनि प्रदर्शन राम्रो हुन सकेको छैन।

टिम बुटवल ब्लास्टर्स – सोमपाल कामी (कप्तान), मोहम्मद संसाद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरन बिक, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री, विदेशी खेलाडी – अफ्ताबुद्दीन एहमद, शिभम सिंह र हर्ष टोन्क





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]