कुशलको विस्फोटक शतक मद्दतले आर्मीद्वारा एपीएफ पराजित

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘ए’ अन्तर्गतको पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टिम शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई १०८ रनले पराजित गरेको छ।

इनरुवा क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफले ३९.३ ओभरमा १७३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

एपीएफको लागि पृथु बास्कोटाले ३६, शंकर रानाले ३२, सुमित महर्जन र सन्दिप जोराले समान २३, कप्तान बसन्त रेम्गीले १७ रन बनाए। आसिफ शेख र अमर सिंह रौटेला खाता नखोली आउट भए।

पहिलो ओभरमा आसिफ शेख खाता नखोली बिक्रम सोबबाट बोल्ड भएपछि शंकर राना र प्रदिप ऐरीले दोश्रो विकेटको लागि ५० रनको साझेदारी गरे। शंकर र प्रदिपलाई शाहब आलमले पेभेलियन फर्काएपछि एपीएफ कुनै पनि बेला खेलमा फर्कन सकेन। मध्ये क्रममा पृथु बास्कोटा र बसन्त रेग्मीले इनिंग सम्हाल्ने प्रयास गरेता पनि ठुलो साझेदारी कुनै पनि बेला बन्न नसक्नु एपीएफको हारको कारण बन्यो।

Shahab Alam

आर्मीको बलिंगमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ४ विकेट ( ९-१-३१-४ ) लिए। यस्तै कुशल मल्लले २ तथा बिक्रम सोब, सुशन भारि र भिम शार्कीले १/१ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको आर्मीले निर्धारित ४६ ओभरमा सबै विकेट गुमाएर २८१ रनको योगफल तयार गरेको थियो।

आर्मीको लागि राष्ट्रिय क्रिकेटर कुशल मल्लले प्रतियोगिताकै पहिलो शतक प्रहार गर्ने क्रममा १११ रन बनाए। उनले ६३ बलमा १३ छक्का र ५ चौका प्रहार गरे।  यस क्रममा उनले मात्र ५३ बलमा शतक पुरा गरेका थिए।

आर्मीले पहिलो २ विकेट ३८ रनमै गुमाउन पुगेको थियो। राजु रिजाल ९ तथा हरि बहादुर चौहान खाता नखोली आउट भए। तेश्रो विकेटको लागि ओपनर अनिल मण्डलले चौथो नम्बरका कुशल मल्लसंग ८५ रनको साझेदारी गरे। मण्डल ८८ बलमा ४ चौका मदतले ४१ रन बनाएर आउट भए। २७ औं ओभरमा अमर सिंह रौटेलाले उनलाई क्याच आउट गराएका थिए।

Kushal Malla

चौथो विकेटको लागि कुशलले रोहित पौडेलसंग ७२ रनको साझेदारी गरे। ३४ औं ओभरमा कुशललाई प्रदिप ऐरीले बोल्ड गर्दै एपीएफलाई खेलमा फर्काए। त्यस पछि कप्तान बिनोद भण्डारीलाई ७ रन तथा भिम शार्कीलाई ८ रनमा बसन्त रेग्मीले पेभेलियन फर्काए।

आठौँ नम्बरमा ब्याटिंग गरेका राजेश पुलामी र दशौँ नम्बरका बिक्रम सोबले आठौँ विकेटको लागि ३७ रनको साझेदारी गर्दै टिमलाई ठुलो योगफल तिर डोर्याए। सोबले १४ रन बनाए। पुलामी अन्तिम विकेटको रुपमा पेभेलियन फर्किनु अघि ३८ रन बनाए। उनले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे।

एपीएफको बलिंगमा कप्तान बसन्त रेग्मीले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन गर्दै ५४ रन खर्चिए। अमर सिंह रौटेलाले २ विकेट लिए भने अविनाश बोहरा, सुर्य तामांग र प्रदिप ऐरीले समान १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को दोश्रो खेलमा सोमबार एपीएफ र स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]