एमएम कप : सुमित, सुर्य र बसन्त चम्किदा एपीएफद्वारा इनरुवा पराजित

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को दोश्रो खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाई ८३ रनले पराजित गरेको छ।

जितको बाबजुद पनि एपीएफको सेमीफाइनल सम्भावना कमजोर रहेको छ। मंगलबार हुने खेलमा त्रिभुवन आर्मी क्लबलाई इनरुवाले पराजित गरेमा एपीएफ र आर्मी मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

इनरुवा क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा इनरुवाले ३६.२ ओभरमा १२१ रन मात्र बनाउन सक्यो।

इनरुवाको ब्याटिंगमा रभी रोयले सर्वाधिक २६, रुपेश श्रीवास्तवले २३ तथा विवेक मेहताले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Surya Tamang

एपीएफको बलिंगमा देब्रे हाते स्पिनर सुर्य तामांगले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ८.२ ओभरमा २ मेडन ओभर गर्दै २५ रन खर्चिए। यस्तै कप्तान बसन्त रेग्मीले ३ विकेट लिन ७ ओभरमा १ मेडन गर्दै मात्र १० रन खर्चिए। यज्ञमान कुमालले २ तथा अमर सिंह रौटेलाले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको एपीएफले ४३.४ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो।

पहिलो ओभरमै ओपनर प्रज्वल शाहीलाई सोनु मण्डल ले खाता नखोल्दै क्याच आउट गराएपछि एपीएफले निरन्तर अन्तरालमा विकेट गुमाएको थियो। प्रदिप ऐरी १९ रन, शंकर राना ३६ रन, पृथु बास्कोटा ५ रन, सन्दिप जोरा र बसन्त रेग्मी समान १२ रन बनाएर आउट भए।

अर्को किनारमा विकेट गुमेता पनि चौथो नम्बरमा ब्याटिंग गरेका सुमित महर्जनले एक किनार सम्हालीरहे। १३२ रनमा ६ विकेट गुमेको अवस्थामा सुमितले अमर सिंह रौटेलाले सातौँ विकेटको लागि ४५ रनको साझेदारी गरे। रौटेला ३८ औं ओभरमा ९ रन बनाएर आउट भए। लगत्तै इर्शाद एहमद ३ रन बनाएर आउट भए।

शतक प्रयास गरेका सुमित ४२ औं ओभरमा अल्फाज मन्सुरीको बलमा क्याच आउट भए। उनले १०७ बलमा ७ चौका मदतले ८३ रन बनाए।

Sumit Maharjan

इनरुवाको बलिंगमा अफ स्पिनर सरोज बस्नेतले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन ओभर गर्दै ३९ रन खर्चिए। यस्तै भुपाल लुइँटेल ( ८-०-३३-२ ), सोनु मण्डल ( ७.४-०-३३-२ ) र अल्फाज मन्सुरी ( ५-०-१८-२ ) ले समान २/२ विकेट लिए।

एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसंग १०८ रनको हार बेहोरेको थियो।

प्रतियोगिता अन्तर्गत समुह ‘सी’ बाट प्रदेश नम्बर-३ सेमीफाइनल प्रवेश गरिसकेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]