इनरुवा बिरुद्ध सुशन भारिको ह्याट्रिक ( फोटो फिचर सहित )

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबका देब्रे हाते स्पिनर सुशन भारिले ह्याट्रिक लिएका छन्।

आयोजक टोलि एमएमसीसी इनरुवा बिरुद्ध खेल्ने क्रममा भारिले खेलको आठौँ ओभरमा ह्याट्रिक लिएका थिए।

ओभरको दोश्रो बलमा सुशान्त तिमिल्सिनालाई क्याच आउट गरेका भरिले त्यस लगत्तै अल्फाज मन्सुरीलाई आफैद्वारा क्याच आउट गराएका थिए। त्यसपछि ह्याट्रिक बलमा उनले सुरज बस्नेतलाई एलबिडब्लु धरापमा पारे र ह्याट्रिक पुरा गरे। सोहि ओभरको छैठौ बलमा उनले राकेस सोनीलाई पनि आउट गर्दै एकै ओभरमा ४ विकेट लिएका थिए।

इनरुवाले टस जितेर ब्याटिंग गर्दै ८ ओभरमा १८ रन बनाउदा ६ विकेट गुमाएको थियो। सबै ६ वटा विकेट भारिलेनै लिएका थिए।

सुशन भारिले नेपाली घरेलु क्रिकेटमा लिएको यो दोश्रो ह्याट्रिक हो। यस अघि उनले नेपाल प्रिमियर लिग एकदिवसीय प्रतियोगितामा सन् २०१४ मा विशाल वारियर्सको लागि खेल्ने क्रममा कान्तिपुर गोर्खाज टिम बिरुद्ध ह्याट्रिक लिएका थिए।

 

Sushan Bhari
Sushan Bhari





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]