कर्पोरेट सुपर सिक्सेजको सेमीफाइनल समीकरण पुरा

काठमाडौँमा जारि छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। एनसेल ‘ए’ , कामना सेवा विकास बैंक, सिभिल बैंक र एम्ब्यासी अफ इन्डिया सेमीफाइनल पुगेका छन्।

बुधबार प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल समेत खेलिनेछ। पहिलो सेमीफाइनलमा एनसेल ‘ए’ र एम्ब्यासी अफ इन्डिया तथा दोश्रो सेमीफाइनलमा कामना सेवा विकास बैंक र सिभिल बैंकले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो क्वार्टरफाइनलमा एनसेल ‘ए’ ले डिफेन्डिङ च्यापियन सेन्चुरी बैंकलाई ९ रनले पराजित गर्यो। एनसेल ‘ए’ ले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा सेन्चुरीले ६५ रन मात्र बनाउन सक्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका एनसेल ‘ए’ का समाज पौडेलले ३६ रन बनाए।

दोश्रो क्वार्टरफाइनलमा कामना सेवा विकास बैंकले एनआईसी एसिया बैंकलाई ३७ रनले पराजित गर्यो। कामना सा विकास बैकले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा एनआईसी एसिया बैंकले ५० रन मात्र बनाउन सक्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका हेमन्त श्रीवास्तवले ३२ रन बनाउनुको साथै १ विकेट लिए।

तेश्रो क्वार्टरफाइनलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले पराजित गर्यो। मेगा बैंकले दिएको ५३ रनको लक्ष्य सिभिल बैंकले २ विकेट गुमाएर ४.१ ओभरमा पुरा गर्यो। सिभिलको लागि प्लेयर अफ द म्याच चुनिएका अभय रानाले ३२ रन बनाउनुको साथै १ विकेट समेत लिए।

चौथो क्वार्टरफाइनलमा इन्डियन एम्ब्यासीले प्राइम कमर्सियल बैंकलाई ३ विकेटले पराजित गर्यो। पप्राइमले दिएको ४२ रनको लक्ष्य इन्डियन एम्ब्यासीले ४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच इन्डियन एम्ब्यासीका राजेश चौधरी चुनिए जसले १२ रन बनाउनु

यस अघि सम्पन्न पाँचौ प्रि-क्वार्टरफाइनल खेलमा मेगा बैंकले सुबिसुलाई १७ रनले पराजित गर्यो। मेगा बैंकले दिएको ८० रनको लक्ष्य पछ्याउने क्रममा सुबिसुले ६२ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका मेगा बैंकका आशिष श्रेष्ठले २९ रन बनाउनुको साथै १ विकेट समेत लिए।

छैठौं प्रि-क्वार्टरफाइनलमा इन्डियन एम्ब्यासीले नबिल बैंकलाई २२ रनले पराजित गर्यो। इन्डियन एम्ब्यासीले दिएको ८५ रनको लक्ष्य पछ्याउने क्रममा नबिल बैंकले ६२ रन मात्र बनाउन सक्यो। इन्डियन एम्ब्यासीको लागि प्लेयर अफ द म्याच चुनिएका सुबास सिंहले २८ रन बनाउनुको साथै १ विकेट पनि लिए।

सातौँ प्रि-क्वार्टरफाइनलमा सिभिल बैंकले सनराइज बैंकलाई १७ रनले पराजित गर्यो। सिभिलले दिएको ६४ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजले ४६ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सिभिल बैंकका भोला बिस्टले ३२ रन बनाउनुको साथै १ विकेट लिए।

आठौँ प्रि-क्वार्टरफाइनलमा प्राइम कमर्सियल बैंकले माछापुच्छ्रे बैंकलाई १२ रनले पराजित गर्यो। प्राइम कमर्सियलले दिएको ९८ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रे बैंकले ८५ रन बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका बिबेक दलीले १६ रन बनाउनुको साथै ३ विकेट हात पारे।





थप समाचार

दिल्लीमाथि कोलकाताको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ […]

कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य […]

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]