कामना सेवा विकास बैंकलाई कर्पोरेट सुपर सिक्सको उपाधि

छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता कामना सेवा विकास बैंकले जितेको छ। काठमाडौँ स्थित टियु क्रिकेट मैदान,किर्तिपुरमा सम्पन्न फाइनलमा भारतीय राजदूतावासलाई पराजित गर्दै कामना सेवा विकास बैंकले पहिलो पटक उपाधि आफ्नो नाम गरेको हो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिंग गर्दै ५४ रन मात्र बनाउन सक्यो।

भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाए। कामना सेवा विकास बैंकको बलिंगमा हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एक/एक विकेट लिए।

Hemant Shrivastav

यस अघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो। कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। सुरेश उप्रेतीले १३ रन बनाए। भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए।

यस अघि सम्पन्न पहिलो सेमीफाइनलमा भारतीय राजदूतावासले एनसेल ‘ए’ लाई १९ रनले पराजित गरेको थियो। यस्तै कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गरेको थियो।

फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए जसले प्रतियोगिताभर कुल २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिए। यस्तै उत्कृस्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए। उत्कृस्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए। उत्कृस्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृस्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए। फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो। प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे।

विजेता टिम र उत्कृस्ट खेलाडीहरुलाई पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्मा, प्राइम टाइम्स टिभीका अध्यक्ष ऋषि धमला, प्रतिनिधि सभाका संसाद हरि नारायण रौनियार, एसएस इभेन्ट्सका सीईओ रमन शिवाकोटीले पुरस्कार प्रदान गर्नुभयो।

फाल्गुन ३ गते देखि सुरु भयो प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]