इपिएल टि-२० : तिन पाकिस्तानी क्रिकेटर ललितपुर पेट्रिएट्समा

( फिचर फोटो – मिर हम्जा )

मार्च १४ देखि काठमाण्डौमा सुरु हुने एभरेस्ट प्रिमियर लिगको टिम ललितपुर पेट्रिएट्सले तिन जना पाकिस्तानी क्रिकेटरलाई आबद्ध गरेको छ।

ज्ञानेन्द्र मल्ल कप्तानीको टिमले यस अघि श्रीलंकन पुर्व कप्तान उपुल थारांगालाई टिममा भित्र्याएको पेट्रिएट्सले हसन आजम, हसन खान र मिर हम्जालाई आबद्ध गरेको हो।

१. हम्मद आजम : सन् २०११ मा वेस्टइन्डिज बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका हम्मद आजमले पाकिस्तानको लागि ११ एकदिवसीय र ५ टि-२० खेलेका छन्। अन्तिम पटक उनले जिम्बाबे बिरुद्ध २०१५ मा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए। दायाँ हाते तिब्र गति बलर तथा ब्याट्सम्यान आजमले ११ एकदिवसीयमा कुल ८० रन, तथा ५ टि-२० मा ३४ रन बनाएका थिए भने बलिंगमा कुल २ विकेट लिएका थिए।

२. मिर हम्जा : पाकिस्तानको लागि सन् २०१८ मा अस्ट्रेलिया बिरुद्ध टेस्टमा डेब्यु गरेका देब्रे हाते तिब्र गति बलर मिर हम्जाको त्यो नै पाकिस्तानको लागि एक मात्र खेल थियो। प्रथम श्रेणी क्रिकेटमा ७४ खेलमा ३२० विकेट लिएका हम्जा घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका छन्।

Hammad Azam, Mir Hamza, Hassan Khan

३. हसन खान : पाकिस्तानी यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका २१ वर्षीय हसन खानले पाकिस्तान सुपर लिगमा क्वेटा ग्ल्याडीएटर्स र लाहोर कलन्दर्सको लागि खेलीसकेका छन्। देब्रे हाते स्पिन तथा दायाँ हाते ब्याट्सम्यान खानलेअलराउण्ड क्षमताको लागि चिनिने गर्छन्।

इपिएलको यो पटक नियम अनुसार कुनै पनि टिमले आफ्नो अन्तिम-११ मा तिन जना विदेशी खेलाडी खेलाउनु पर्छ। तिन मध्ये एउटा खेलाडी टेस्ट राष्ट्रको खेलाडी हुनु पर्ने नियम रहेको छ।

ललितपुर इपिएलको गत सिजनको विजेता टिम हो जसले शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई पराजित गर्दै उपाधि जितेको थियो। 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]